किन चीनसँग नजिकिँदै छन् अमेरिकी राष्ट्रपति ट्रम्प ?
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरोधी आफ्नो भनाइ छोड्नुभएको छ भने शुक्रबार चिनियाँ समकक्षी सी जिनपिङसँगको शिखर वार्तापछि उहाँहरूबीच उत्कृष्ट सम्बन्ध रहेको बताउनुभएको छ ।
फ्लोरिडाको मार-अ-लागो पर्यटनस्टलमा दुई नेताबीच भएको उच्चस्तरीय वार्तापछि अमेरिकी राष्ट्रपति ट्रम्पसले चीनसँगको सम्बन्धमा ठूलो प्रगति हासिल भएको बताउनुभयो । उहाँले यस विषयमा वास्तवमै प्रगति भएको बताउनुभयो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले निर्वाचनमा चीनले अमेरिकी अर्थतन्त्रमा प्रभाव पारेको बताउँदै दण्डात्मक कर लगाएर बेइजिङलाई दण्ड दिने बताउनुभएको थियो ।
चिनियाँ राष्ट्रपति सीले पनि शिखर बैठक निकै महत्वपूर्ण भएको बताउँदै न्यानो आतिथ्यका लागि अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिनुभयो ।
बेइजिङका सबैभन्दा शक्तिशाली नेता राष्ट्रपति सीले अमेरिकी समकक्षीलाई चीन भ्रमणको निमन्त्रणा दिनुभएको र यसलाई अमेरिकी राष्ट्रपति ट्रम्पले स्वीकार गर्नुभएको बताइएको छ । रासस/एएफपी