कर उठाउने विषयमा एनसेलसँग सम्झौता हुँदैन : प्रधानमन्त्री प्रचण्ड

कर उठाउने विषयमा एनसेलसँग सम्झौता हुँदैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर उठाउने विषयमा सरकारले कसैसँग सम्झौता नगर्ने बताउनुभएको छ। नेपालको निजी क्षेत्रको टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको बिक्री र कर असूलीका विषयमा जवाफ दिन व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिमा पुग्नुभएका प्रचण्डले यस्तो बताउनुभएको हो।

‘कर उठाउने विषयमा कसैसँग कुनै सम्झौता हुनै सक्दैन,’ लेखा समितिमा बोल्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘कर उठाउने कुरामा सरकार लागिपरेको छ र लाग्छ।’

जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले एनसेलले कर तिर्नु नपर्ने विषयमा सरकारले कुनै निर्णय नगरेको समेत प्रष्ट पारेका छन्। उनले एससेलका क्रेता र बिक्रेता दुवैसँग छलफल गरेर सरकारले कर असुल गर्ने समेत प्रष्ट पार्नु भएको छ।

प्रधानमन्त्रीले समिति बैठकमा जवाफ दिएपछि लेखा समतिको आइतबारको बैठकले सरकारलाई एनसेलसँग लिनु पर्ने सम्पूर्ण कर तीन महिनाभित्र असुल गर्न निर्देशन दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.