चर्चमा बम विस्फोट हुँदा २१ जनाको मृत्यु

चर्चमा बम विस्फोट हुँदा २१ जनाको मृत्यु

कायरो, इजिप्टको टान्टा सहरमा रहेको चर्चमा आइतबार बम विस्फोट हुँदा २१ जनाको मृत्यु भएको छ। विस्फोटनमा परी कम्तीमा २१ जनाको मृत्यु भएको इजिप्टको सरकारी सञ्चार माध्यमले जनाएको छ।घटनामा अन्य ५९ जना घाइते भएका छन्।
स्थानीय समयानुसार आइतबार बिहान १० बजे सो विस्फोट भएको थियो।घटनास्थल कायरोदेखि १२० किलोमिटर उत्तरतर्फ पर्दछ।
यसैबीच पाकिस्तानको पञ्जाव प्रदेशमा पाँच जना लडाकू र एक जना सुरक्षाकर्मी मारिएका छन्।
पञ्जावको देरा घाजी खान जिल्लामा सुरक्षाफौजले गरेको विषेश सुरक्षा कारबाहीका क्रममा भएको दोहोरो झडपमा परी पाँच जना आतङककारीको मृत्यु भएको सेनाले जनाएको छ।
सरकार विरोधी गतिविधि गरिरहेकाहरुका विरुद्धमा सरकारले देशभरी सुरक्षा कारबाही तीब्र बारेको छ । रासस/एएफपीसिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.