झापामा भारतीय गाडीको ठक्करबाट एक बृद्धको मृत्यु

झापामा भारतीय गाडीको ठक्करबाट एक बृद्धको मृत्यु

दमक: झापाको दमकमा भारतीय नम्बर प्लेटको सवारीको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत दमक–४ स्थित चिया दोकानमा डब्लूबी ७३ सी ७३८२ नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा दमक–९ का ६० वर्षीय गंगाराम बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

ठक्करबाट गम्भीर घाइते भएका बस्नेतको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बुले जानकारी दिनुभयो। ठक्कर दिने भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.