पिपल्स क्याम्पसमा स्ववियु चुनाव गर्न अन्तरिम आदेश

पिपल्स क्याम्पसमा स्ववियु चुनाव गर्न अन्तरिम आदेश

काठमाडौं : सर्वोच्च अदालतले पकनाजलस्थित पिपल्स क्याम्पसमा तत्काल स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्न अन्तरिम आदेश दिएको छ।

एमाले निकट अनेरास्ववियुका आदित्य बोहोरा र नेपाल विद्यार्थी संघका अरुण घलेले चुनाव गर्न माग गर्दै दायर गरेको रिटमा न्यायाधीश सपना प्रधान (मल्ल) को एकल इजलासले चुनाव गर्न अन्तरिम आदेश दिएको हो।

क्याम्पसले फागुन २४ गतेका लागि चुनावको मिति तोकेको थियो। तर, निर्वाचन आयोगले स्थानीय निकायको चुनावका लागि तयार गरेको आचारसंहिता जारी गर्दै पूर्व निर्धारित मिति वाहेकका चुनाव नगर्न त्रिविलाइ पत्र पठाएको थियो।

आयोगको सोही पत्रको आधारमा जिल्ला प्रशासन कार्यालयले चुनाव स्थगीत गर्न क्याम्पसलाई निर्देशन दिएपछि चुनाव अनिश्चित भएको थियो। तर पिपल्स क्याम्पसको चुनावको मिति पूर्व निर्धारित भएको भन्दै चुनाव गराउन अन्तरिम आदेशको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा पनि फागुन २४ गतेलाई तोकिएको चुनाव आचारसंहित विपरित हुने भन्दै स्थानीय प्रशासनले रोकिएदिएको थियो। सर्वोच्चले चुनाव गर्न अन्तरिम आदेश दिएपछि आरआर क्याम्पसमा दुई साताअघि चुनाव भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.