मापसे गरेका म्यादी प्रहरीलाई जागिरबाट हटाइयो
नुवाकोटः मापसे गरेर प्रहरी कार्यालय पुगेका एक म्यादी प्रहरीलाई नुवाकोट प्रहरीले बर्खास्त गरेको छ।
म्यादी प्रहरीका लागि गत साता आवेदन दिएर शारिरीक तन्दुरुस्ती, लिखित तथा अन्तर्वार्तामा उत्तिर्ण भर्इँ छनौट भएका विदुर नगरपालिका–९ कोलोनीका ३३ वर्षीय सुव्वा तामाङलाई बर्खास्त गरिएको हो।
आइतवार दिउँसै विदुरस्थित प्रहरी कार्यालयमा मादक पदार्थ सेवन गरेर आएपछि तामाङ निष्काशन गरिएको प्रहरी नायव उपरीक्षक ऋषिराम कणेलले जानकारी दिनुभयो। मापसे गरेको संकेत पाएपछि उनको स्वास्थ्य परीक्षण गरिएको थियो।
स्वास्थ्य परीक्षणवाट तामाङले मापसे सेवन गरेको पुष्टि भएपछि कारवाही गरिएको कणेलले बताउनुभयो।