काश्मिर झडपमा पाँच जनाको मृत्यु

काश्मिर झडपमा पाँच जनाको मृत्यु

श्रीनगर: भारत प्रशासित काश्मिरमा उप-निर्वाचनलाई भाड्ने योजनासहित मतदान केन्द्रमा आक्रमण गर्ने समूहमाथि सुरक्षाकर्मीले चलाएको गोली लाग्दा आइतबार कम्तिमा पाँच जनाको मृत्यु भएको भारतीय अधिकारीले बताएका छन्।

प्रमुख निर्वाचन अधिकृत शान्तमनुका अनुसार उक्त समूहका केही मानिसले मतदानका लागि केन्द्रमा राखिएको विद्युतीय मतदान यन्त्रलाई नियन्त्रणमा लिई करिब एक दर्जन स्थानमा मतदान प्रक्रियालाई अवरुद्ध गर्न खोज्ने प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले चलाइएको गोली लागि पाँच जनाको मृत्यु भएको हो।

श्रीनगर संसदीय निर्वाचन क्षेत्रका लागि भएको निर्वाचनलाई रोक्ने र निर्वाचनलाई सञ्चालन गर्ने क्रममा सुरक्षाकर्मी र विद्रोहीवीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाइएको स्थानीय प्रहरीले जनाएको छ।

उक्त क्षेत्रमा गतवर्ष काश्मिरमा भएको आन्दोलनका क्रममा स्थानीय केही सर्वसाधारणको मृत्युभएको भन्दै विरोधमा सो क्षेत्रका एक सांसदले राजिनामा दिएपछि उक्त सिट खाली हुनआएको थियो । झडपमा केही प्रदर्शनकारी घाइते भएका प्रहरीले जनाएको छ।

काश्मिरमा भारतको सार्वभौमसत्तालाई चुनौति दिदै आएका केही पृथकतावादी समूहले उप-निर्वाचनलाई बहिस्कार गरेका छन्। रासस/एपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.