पूर्व अधिराजकुमारी प्रेरणाको स्वास्थ्य स्थिर
काठमाडौंः पूर्व अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी देवी सिंह अस्पताल भर्ना भएकी छिन्।
मष्तिष्कमा रगत जमेपछि प्रेरणालाई थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा शुक्रबार भर्ना गरिएको हो। पूर्वअधिराज कुमारी प्रेरणाको उपचारमा न्यूरोलोजिष्ट डा. पंकज जलान र निजि चिकित्सक डा. किशोरजंग राणा संलग्न छन्। चिकित्सकका अनुसार पूर्वअधिराजकुमारी प्रेरणाको स्वास्थ्य अवस्था स्थिर रहेको छ।
पूर्वअधिकार कुमारी प्रेरणाको स्वास्थ्य अवस्थाबारे थप जानकारी समय–समयमा दिने अस्पतालले जनाएको छ।