ललितपुरका स्थानीय तह प्रमुखमा महिलाको दाबी न्यून

ललितपुरका स्थानीय तह प्रमुखमा महिलाको दाबी न्यून

ललितपुर: वैशाख ३१ का लागि तय स्थानीय तह निर्वाचनको माहोल ललितपुरमा बन्दै गएको छ। संविधान संशोधनको मुद्दामा मधेसी मोर्चा पनि सहमतिको निकट पुगेको चर्चासँगै निर्वाचन सुनिश्चि हुँदै गएको विश्लेषण गर्न थालिएको छ।

ललितपुरका प्रमुख राजनीतिक दलहरूमा आन्तरिक रुपमा चुनावी तयारीमा जुटिसकेका छन्। प्रमुख दलहरूले गाउँ तथा वडास्तरीय भेला गरी सम्भावित उम्मेदवारहरूको चयनका लागि अभिमत लिइ रहेका छन्।

ललितपुर महानगरपालिका, दुई नगरपालिका तथा तीन गाउँपालिकको प्रमुख तथा उपप्रमुख एवं वडा प्रतिनिधिमा कुन पार्टीबाट कसले टिकट पाउने, कुन पार्टीको पल्लाभारी होला भन्ने जस्ता अड्कलबाजी जनस्तरमै हुन थालेको छ। पार्टीहरूले स्थानीय तह निर्वाचनका लागि पार्टीगत रुपमा गृहकार्यलाई तिव्रता दिइसकेका छन्। चुनावी चर्चाले ललितपुर जिल्ल सदरमुकामदेखि ग्रामीण क्षेत्रसमेतलाई तताएको छ।

नयाँ संरचना अनुसार, ललितपुरमा एक महानगरसहित दुई नगरपालिका र तीन गाउँपालिका छन्। राष्ट्रिय राजनीतिमा महत्वपूर्ण प्रभाव पार्ने ललितपुरमा उम्मेदवारका लागि सबै दलभित्र प्रतिस्पर्धा बढ्दो छ । निर्वाचन कार्यालयमा दर्ता २८ दल सबैले उम्मेदवारीको तयारी गरेका छन्।

लामो समयदेखि राजनीतिमा क्रियाशील राजनीतिकर्मीदेखि समाजसेवी, शिक्षासेवी, उद्योगी, व्यापारी, पेशाकर्मी, विद्यार्थीसमेतको उम्मेदवारी आकांक्षा बढेपछि चुनावका लागि राजनीतिक माहोल बन्दै गएको हो।

सम्भावित उम्मेदवार
ललितपुर महानगरपालिका
२ लाख ८४ हजार ९ सय २२ जनसंख्या रहेको यो महानगरपालिका २९ वटामा विभाजित छ। पछिल्लो संरचनामा महानगरपालिका बनेको ललितपुरका नेतृत्वका लागि सबै दलको दाबी प्रस्तुत गरिरहेका छन्।

संसद्को पहिलो दल कांग्रेसबाट प्रेमकृष्ण महर्जन, भरतलाल न्याछयों, सुरेन्द्र जोशी, टिरीबाबु मजर्हजन, उर्मिला केसी, रामकृष्ण चित्रकार, उर्मिला केसी, बाबुराज चित्रकारलगायतले मेयर पदका लागि आकांक्षा देखाएका छन्।

त्यस्तै गरी संसदको दोस्रो ठूलो दल एमालेबाट पार्टी अध्यक्ष हरिकृष्ण व्यञ्जनकारको नाम चर्चामा छ भने उनीसँगै ज्ञानेन्द शाक्य तथा प्रेमभक्त महर्जनको नाम पनि चर्चामै छ।

संसदको तेस्रो ठूलो दल माओवादी केन्द्रबाट पूर्वसभासद तथा पार्टी पोलिटव्युरो सदस्य राजकाजी महर्जन, पार्टीका पोलिटव्युरो सदस्य दिनेश महर्जन ‘दिपेश’, सरोजसिंह डंगोल, कुलाल महर्जन, अमिर शाक्यलगायतको नाम चर्चामा छ।

राष्ट्रिय प्रजतान्त्र पार्टीकातर्फबाट कृष्ण बोहरा, अष्ट महर्जन, नरेश श्रेष्ठ, मिरा केसी, मैया महर्जनको चर्चा चलेको छ। पार्टीले ललितपुरका स्थानीय तह नेतृत्वका लागि टिकट दिँदा इमान्दार तथा जनताले पत्याउने मानिसलाई टिकट दिने कांग्रेस जिल्ला सभापति मदनबहादुर अमात्यले बताउनुभयो।

'जनताको मतका आधारमा निर्वाचन जितिने हो । त्यसका लागि योग्य मानिसलाई पार्टीले टिकट दिन्छ' उहाँले कांग्रेसका टिकट वितरणका आधारहरू प्रष्ट पार्दै भन्नुभयो। लामो समयपछि स्थानीय निर्वाचन हुन लागेकाले आकांक्षीहरूको लर्काे नै लागेको उहाँको कथन छ।

यसैगरी एमाले ललितपुर अध्यक्ष हरिकृष्ण व्याञ्जनकारले समयमै स्थानीय निर्वाचन नहुँदा टिकटका आकाक्षीहरू धेरै देखिँदा सबैलाई मिलाएर लैजानु पर्ने अवस्था बनेको बताउनुभयो।

आन्तरिक रुपमा वडा भेलाहरू गरिरहेका जानकारी दिँदै उहाँले ललितपुरमा एमालेको सोझो प्रतिस्पर्धा कांग्रेससँग नै रहेको उल्लेख गर्नुभयो। ‘राष्ट्रिय राजनीतिमा कांग्रेसको भूमिका हेरेर निर्वाचन हाम्रो पक्षमा आउने विश्वास हामीले लिएका छौं’, उहाँले भन्नुभयो, ‘ललितपुरमा कांग्रेस पहिले देखि नै कमजोर हो । टिकटका लागि कांग्रेसभित्र भद्रगोलकै अवस्था छ।' यसअघि ललितपुरको मेयर २०४९ सालमा कांग्रेसका बेखारत्न शाक्य र २०५४ सालमा एमालेका बुद्धिराज बज्राचार्य हुनुभएको थियो।

महालक्ष्मी नगरपालिका
साविकको सिद्धिपुर, लुभु, लामाटार, टिकाथली, इमाडोल गाविसलाई समावेश गरी बनाइएको महालक्ष्मी नगरपालिकाका १० वडामा विभाजित छ। ६२ हजार १ सय ७२ जनसंख्या रहेको यो नगरपालिकाको मेयरका लागि कांग्रेसका तर्फबाट २ नं क्षेत्रीय सभापति महेश खड्का, पूर्व २ नं क्षेत्रीय सभापति गणेश सिलवाल,महाधिवेशन प्रतिनिधि पवनविक्रम थापाले आकांक्षा देखाएका छन् । त्यस्तै महेन्द्रदेव सिंह तथा दिवाकर नेपालको नाम पनि चर्चामा छ।

एमालेमा एमाले ललितपुरका आर्थिक विभाग प्रमुख हरिगोविन्द श्रेष्ठ, एमाले ललितपुर सचिवालय सदस्य रामेश्वर श्रेष्ठ, किशोर केसी तथा सूर्यबहादुर थापाको नाम चर्चामा छ। माओवादी केन्द्रबाट पोलिटव्युरो सदस्य शिवप्रसाद कट्टेलको नाम चर्चामा छ ।

गोदावरी नगरपालिका
साविकको गोदावरी नगरपालिकामा देवीचौर, चापागाउँ, लेले, बडीखेल, ठेचो, छम्पी र डुकुछाप समावेश गरी गोदावरी नगरपालिका बनाइएको छ । १४ वडामा विभाजित यो नगरपालिकाको जनसंख्या ७८ हजार ३ सय १ छ।

यो नगरपालिकामा मेयर बन्नका लागि कांग्रेसबाट ३ नं क्षेत्रीय सभापति गजेन्द्र महर्जन, नेविसंघका पूर्वकेन्द्रीय सदस्य विमलचन्द्र विष्ट, पूर्वजिल्ला कमिटि सदस्य दिलीप कर्माचार्य तथा कांग्रेस जिल्ला सभापतिका प्रत्यायी मिनकृष्ण महर्जनको नाम चर्चामा छ।

एमालेबाट जिल्ला उपाध्यक्ष श्यामकृष्ण सिलवाल, एमाले स्थानीय निकाय विभाग सचिव चेतनाथ सञ्जेल, रघुनाथ महर्जन, एमाले जिल्ला कमिटि सदस्य पुरुषोत्तम आचार्य, चापागाउँ गाविसका पूर्वअध्यक्ष चरसुन्दर महर्जन तथा एमालेको भातृसंगठन बुद्धिजीवी परिषद् ललितपुरका अध्यक्ष शिवराज सञ्जेलको नाम चर्चामा छ ।
माओवादी केन्द्रबाट गोविन्द महर्जन, पूर्वजिल्ला उपाध्यक्ष न्हुच्छेबहादुर मर्हजन, दीपेन्द्र श्रेष्ठ र राज घिमिरेको नाम चर्चामा छ।

महांकाल गाउँपालिका
साविकको कालेश्वर, चन्दनपुर, मानीखेल, बुखेल, गोटीखेल, ठूलादुर्लुङ गाविस समावेश गरी बनाइएको हो । ९ वटा वडामा विभाजित यो गाउँ पालिकाको जनसंख्या ९ हजार ४ सय ५३ रहेको छ।

कांग्रेसबाट जिल्ला सचिव भिमसेन घिमिरे, महाधिवेशन प्रतिनिधि तथा जिल्ला सदस्य गणेशबहादुर केसी, चन्दनपुर गाविसका पूर्वअध्यक्ष ऋषिराम घिमिरे, १ नंं क्षेत्रीय पूर्वसचिव ऋषिदेव फुयाल आकाक्षी देखिएका छन्।

एमालेबाट प्याब्सन ललितपुरका पूर्वअध्यक्ष नवराज महत, गोटीखेल गाविसका पूर्वअध्यक्ष रामचन्द्र दाहाल, श्याम बजगाई, उमेश शर्माको नाम चर्चामा छ । माओवादी केन्द्रबाट बुद्धिबहादुर नेगी र प्रधुम्न आचार्यको नाम चर्चामा छ।

कोन्ज्योसोम गाउँपालिका
साविकको संखु, भारदेउ, नल्लु, चौघरे र दलचोकी गाविस समावेश गरी कोन्ज्योसोम गाउँपालिका बनाइएको हो । ५ वटा वडामा विभाजित यो गाउँपालिकाको जनसंख्या ९ हजार ७ सय ९ रहेको छ।

कांग्रेसबाट १ नं क्षेत्रीय सभापति राजन घिमिरे, १ नं सचिव सुन्दरमान थिङ र जिल्ला सदस्य सानुकान्छा मोक्तानको नाम चर्चामा रहेको छ ।
एमालेबाट पूर्व जिविस सदस्य कृष्णमान लामा, सुस्मिता दुलाल, विष्णु तामाङको नाम चर्चामा छ । माओवादी केन्द्रबाट गोपीलाल सिंतान र भिम घिसिङको नाम चर्चामा छ।

बागमती गाउँपालिका
साविकको गिम्दी, आश्राङ, प्युटार, इकुडोल, माल्टा, घुसेल, भट्टेडाडाँ समावेश गरी बागमती गाउँपालिका बनाइएको हो । ७ वटा वडामा विभाजित यो गाउँपालिकाको जनसंख्या १३ हजार ४९ जनसंख्या छ।

कांग्रेसबाट रविन्स शर्मा तथा जिल्ला कमिटि सदस्य वीरबहादुर लोप्चनको नाम चर्चामा छ। एमालेबाट एमाले दक्षिण ललितपुर सम्पर्क मञ्चका सचिव नवराज सन्जेल, रामहरि घिमिरे, राजकुमार दर्लामी, दुर्गा घिमिरे र नारायणप्रसाद तिमल्सिनाको नाम चर्चामा छ।

माओवादी केन्द्रबाट अखिल क्रान्तिकारीका पूर्वकेन्द्रीय सचिव राजु आलेमगर, रामप्रसाद आचार्य, लोकबहादुर पुलामी र गिम्दी गाविसका माओवादी केन्द्रका पूर्वअध्यक्ष कृष्णबहादुर बलको नाम चर्चामा छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.