ग्राफिक्स डिजाइनरका ६ रोजगार क्षेत्र

 ग्राफिक्स डिजाइनरका ६ रोजगार क्षेत्र


ग्राफिक्स डिजाइनरका धेरै रोजगार क्षेत्र हुन्छन् । तीमध्ये प्रमुख आठ यस्ता छन्ः
१. क्रियटिभ सर्भिस म्यानेजर
क्रियटिभ डिपार्टमेन्ट र माथिल्लो तहको व्यवस्थापन विभागसँग सम्पर्क निर्माण गर्ने काम क्रियटिभ सर्भिस म्यानेजरको हो । कम्पनीले चाहेजस्तो सामग्री उत्पादन गर्ने र सिर्जनशील व्यक्तित्वमा काम गर्ने वातावरण बनाइराख्ने उनको अर्को दायित्व हुन्छ ।


२. इमेल मार्केटिङ डिजाइनर
इमेलमार्फत बजारसम्बन्ध बढाइराख्नु इमेल मार्केटिङ डिजाइनरको काम हो । यी डिजाइनर अरू डिजाइनर, विशेषज्ञ, लेखक र बजार व्यवस्थापकसँग मिलेर काम गर्छन् ।


३. फ्ल्यास डिजाइनर
फ्ल्यास डिजाइनरको मुख्य काम अनलाइन सामग्री, विज्ञापन र ग्याम तयार गर्नु हो । यी डिजाइनरले विभिन्न वेबसाइट डिजाइन पनि गर्छन् ।


४. सूचना आर्किटेक्ट
सूचना आर्किटेक्टले वेबसाइटका लागि विषयवस्तु र डिजाइनको संयोजन गर्न मद्दत पु¥याउँछन् । वेबसाइट डिजाइनमा नयाँपन ल्याउन उनीहरूको विशेष फोकस हुन्छ ।


५. मोबाइल डिजाइनर
मोबाइलमा प्रयोग हुने ग्राफिक्स डिजाइन गर्छन् मोबाइल डिजाइनरले । अहिलेको डिजिटल विश्वमा यसको अति नै महत्व छ ।


६. प्रिजेन्टेसन स्पेसलिस्ट
प्रिजेन्टेसन स्पेसलिस्टहरूले दृश्य सामग्री निर्माण र प्रसार गर्ने काम गर्छन् । मल्टिमिडिया क्षेत्रमा यसको निकै ठूलो महत्व छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.