साहित्यकार विजय हितानका दुई पुस्तक सार्वजनिक

साहित्यकार विजय हितानका दुई पुस्तक सार्वजनिक

काठमाडौं : ब्रिटिस गोरखाबाट सेवानिवृत्त कवि तथा साहित्यकार विजय हितानका दुईवटा पुस्तक सार्वजनिक भएको छ । आइतबार कान्तिपथस्थित उपराष्ट्रपति भवनमा आयोजित एक कार्यक्रमबीच हितानद्वारा लिखित 'बाग्मती ब्लुज' नामक कवितासंग्रह र विभिन्न पत्रपत्रिकामा प्रकाशित लेखहरुको संगालो रहेको 'इको उत्सर्जन' निबन्धसंग्रह उपराष्ट्रपति नन्दबहादुर पुनले सार्वजनिक गर्नु भएको छ । वातावरण साहित्य र संरक्षणमा जोड दिँदै आएका कवि हितानले आफ्ना कृतिमा पर्यावरणसम्बन्धी धेरै सिर्जना समेटेका छन् ।


यसअघि पनि हितानले विछोडअघिको रात (कवितासंग्रह, थकित पृथ्वी (कथासंग्रह) सार्वजनिक गरिसक्नु भएको छ त्यसैगरी जयबहादुर हितान व्यक्तित्व र कृतित्व पुस्तकको सम्पादन समेत गर्नु भएको छ । हाल बेलायतको केन्टमा बस्दै आउनु भएका हितानको रचनामा बढी प्रकृतिप्रेम भेटिने भएकाले उहाँ अलग धारका बगेका स्रष्टाको रुपमा समेत परिचित हुँदै जानु भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी उपराष्ट्रपति नन्दबहादुर पुनले मगर, नेवार, तामाङ लगायत आदिवासी जनजातिको भाषा, संस्कृति संकटमा रहेको भन्दै त्यसको संरक्षण गर्ने दायित्व स्रष्टाहरुको रहेको बताउनु भयो । उहाँले भन्नुभयो 'हाम्रो भाषा, संस्कृति रहेन भने हाम्रो अस्तित्व पनि रहँदैन, त्यसको संरक्षण गर्न कवि तथा साहित्यकारहरुले कलम चलाउनुपर्छ ।' पुनले शान्ति सम्झौतापछि सबै भाषा, संस्कृतिबारे खुला रुपमा बहस र छलफल गर्ने मौका मिलेको भन्दै यसबाट भाषा फल्ने, फुल्ने विश्वास व्यक्त गर्नुभयो ।

जितबहादुर सिन्जाली मगर प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा पूर्वमन्त्री मालबरसिंह (एमएस) थापासहित तीनलाई पुरस्कृत गरिएको थियो । नगद २० हजार रुपैयाँसहित पूर्वमन्त्री थापा जयबहादुर हितान मगर स्मृति पुरस्कार २०७२, ५५ हजार राशिसहित जीबसीम साहित्य पुरस्कारबाट प्रेमप्रकाश मायालु र १० हजार पुरस्कार राशिको जीबसीम नवप्रतिभा साहित्य पुरस्कार २०७२ बाट हेमा मगर पुरस्कृत भइन् । उनीहरुलाई उपराष्ट्रपति पुनले प्रमाणपत्र र नगदसहित सम्मान गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.