सिरिया काण्डमा अमेरिका र रुसको दोहोरी

सिरिया काण्डमा अमेरिका र रुसको दोहोरी

एजेन्सी : अमेरिकी विदेशमन्त्री रेक्स टेलरसनले सिरियामा विद्रोहीमाथि गरिएको रसायनिक हमालाको जिम्मेवार रुस रहेको आरोप लगाएका छन् । जी-७ सदस्य राष्ट्रका विदेशमन्त्री स्तरीय भेटघाटका क्रममा इटालीमा रहेका टेलरसनले यस्तो धारणा व्यक्त गरेका हुन् । उक्त मिटिङ सकिने विक्तिकै टेलरसन रुसी विदेशमन्त्री सर्गेइ लावरोवसँग भेट गर्न मास्को जाने कार्यक्रम रहेको छ ।

२०१३ मा सिरियामा भएको रसायनिक हतियारको भण्डारलाई नष्ट गर्न सहमत भएको रुसले त्यसो नगरेका कारण रसायनिक हतियार आक्रमण भइ ८९ जनाले ज्यान गुमाउँन बाध्य भएको टेलरसनले दावी गरे ।

रुसले भने अमेरिकाको यस्तो आरोपको खण्डन गरेका छ । अमेरिकासँग सिरियामा रसायनिक हतियार भएको भन्ने कुनै प्रमाण नभएको भन्दै अमेरिकाले सिरियामाथि गरेका आक्रमण सन २००३ मा इराकमाथि गरेको आक्रमण जस्तै भएको दावी रुसले गरेका छ ।

सिरिया सरकारले गरेको रसायनिक हमलाको बारेमा जवाफ दिँदै रुसले भनेको छ 'विद्रोहीका लागि रसायनिक हतियार बनाउँने अखडामा हवाई हमला गर्दा त्यसको असर नजिकैका इलाकामा फैलिएको हो ।' अमेरिका लगायत केही पश्चिमा राष्ट्र र सिरियाका विद्रोहीले भने सिरियामा रसायनिक हतियार रहेको प्रमाण रहेको दावी गरिरहेका छन्।

अमेरिकाले सिरियामाथि थप आक्रमण गरेमा रुस, सिरिया र इरान त्यसको जवाफ दिने तयारीमा रहेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.