एमालेले संसदमा माग्यो गृहमन्त्रीको राजीनामा

एमालेले संसदमा माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेकपा एमालले संसदमा उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिको राजीनामा राजीनामा मागेको छ। एमाले सांसद रेवतीरमण भण्डारीले संसदको सोमबारको बैठकको बिशेष समय लिएर बोल्दै गृहमन्त्री निधिको राजीनामा माग गर्नु भएकाे हाे।

‘पदमा बसिरहने मन्त्रिपरिषदमा सहभागी नहुने गृहमन्त्रीको नालायकीपन हो,’ सांसद भण्डारीले भन्नुभयाे,‘संसदीय प्रणालीमा प्रधानमन्त्रीसँग असहमत हुने वित्तिकै कुनै पनि मन्त्रीले एक मिनेट पनि बस्न मिल्दैन।’

उहाँले नालायकी सरकार संसारमा कतै नभएको आरोप पनि लगाउनुभयाे। 

उपप्रधानमन्त्रीको वरियता विवादका कारण एक महिनादेखि मन्त्रिपरिषदको बैठक बस्न सकेको छैन भने गृहमन्त्री निधिले मन्त्रिपरिषद बैठकमा सहभागी नहुने बताउँदै आउनु भएको छ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष समेत रहेका अर्का साँसद चित्रबहादुर केसीले मर्यादाक्रममा गडवडी गरेर सरकारले जाइजात्रा देखाएको आरोप लगाउनुभयो । ‘प्रचण्डले हुँदाखाँदाको सरकार ढालेर वरियता विवाद निकालेर अहिले जनता हसाउने काम गरेका छन’केसीले भन्नुभयो ।

साँसद सत्यनारायण मण्डलले फोरमका नेता तथा कार्यकर्ताले गुण्डागदी गरेको आरोप लगाउँदै शान्ति सुरक्षा दिन सरकारसँग माग गर्नुभयो । सप्तरीमा फोरमका दिनेश यादव नेतृत्वको समूहले आफनी ६० बर्षकी श्रीमती र बुहारीलाई लछार पछार गरेको आरोप लगाउँदै मण्डलले प्रश्न गर्नुभयो ‘सरकार संरक्षित तथा कथित मधेशी मोर्चाले गुण्डागर्दी गरेका छन । हामी घरमा बस्न नपाउने हो ? हाम्रो मानवअधिकारको रक्षा कसले गर्ने ?’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.