तस्बिर खिच्ने क्रममा स्वीट्जरल्याण्डका नागरिककाे मृत्यु
विराटनगर: तस्बिर खिच्ने क्रममा सोलुखम्बुमा एक विदेशी नागरिकको मृत्यु भएको छ।
साेमबार बिहान स्वीट्जरल्यान्डका ७२ वर्षीय ज्याक्युसन एरिक मोर्जाएरको मृत्यु भएको इलाका प्रहरी लुक्लालाई उद्धत गर्दै पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ।
पासाङल्हामु गाउँपालिका–२ स्थित लुक्ला आधारभूत विद्यालयमा अभिभावक दिवस तथा परीक्षाफल कार्यक्रममा सहभागी हुनुभएका थिए। सो अवसरमा तस्बिर खिच्ने क्रममा अचानक लडेपछि उहाँलाई टाउकोमा चोट लागेको थियो।
गम्भीर अवस्थामा उहाँलाई पासाङल्हामु निकी अस्पताल लुक्लामा उपचारको क्रममा मृत्यु भएको हो । उक्त विद्यालयको उहाँ सहयोगी दातासमेत हुनुहुन्थ्यो। रासस