आईजीपी नियुक्तिका लागि मन्त्रिपरिषदद्वारा समिति गठन
काठमाडौंः नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको सिफारिस गर्न मन्त्रिपरिषद बैठक चार सदस्यीय कार्यसम्पादन तथा मुल्यांकन समिति गठन गरेको छ।
समितिमा गृह सचिव, प्रधानमन्त्री कार्यालयका सचिव, कानुन मन्त्रालयका सचिव र निमित्त आईजीपी रहेका छन्। समिति गठन गरेर मन्त्रिपरिषदको वैठक १५ मिनेटका लागि स्थगित भएको छ।
समितिले कार्यसम्पादन तथा मुल्यांकनको प्रतिवेदन बुझाएपछि बस्ने बैठकले नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति गर्ने एक मन्त्रीले बताए।