मन्त्रिपरिषद्‍मा कमल थापालाई दोस्रो वरियता, निधि बैठकमै अनुपस्थित

मन्त्रिपरिषद्‍मा कमल थापालाई दोस्रो वरियता, निधि बैठकमै अनुपस्थित

काठमाडौंः  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपछिकाे दोस्रो वरियता उपप्रधानमन्त्री संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले पाएका छन्। गृहमन्त्री बिमलेन्द्र निधिले आफूलाई प्रधानमन्त्रीपछि दोस्रो वरियताको उपप्रधानमन्त्री बनाउन दबाब दिँदै आएपनि प्रधानमन्त्री प्रचण्डले थापालार्इ दाेस्राे वरियता दिएका हुन्।  

२५ दिनपछि साेमबार बसेकाे मन्त्रिपरिषद्‍काे बैठकमा उपप्रधानमन्त्री थापा प्रधानमन्त्रीपछिकाे दाेस्राे वरियतामा बसेका छन्। याेसँगै उपप्रधानमन्त्रीको वरियता विवाद २५ दिनपछि टुंगो लागेको छ। 

तर, उपप्रधानम एवं गृहमन्त्री विमलेन्द्र निधिले आफूलाई दोस्रो वरियतामा राख्नु पर्ने अडान राख्दै आएको भएपनि सोमबार बसेको मन्त्रिपरिषदको बैठकमा उपस्थिति हुनु भएन। गृहमन्त्री निधि निकट स्रोतका अनुसार उहाँ उपप्रधानमन्त्री थापालाई मन्त्रिपरिषदमा दोस्रो वरियता दिएपछि मन्त्रिपरिषद् बैठक उपस्थित नहुने हुनु भएको छ।

गृहमन्त्री निधिले आफूलाई दोस्रो वरियता नदिइएकाले मन्त्रिपरिषदको बैठकमा सहभागी नहुने र गृह मन्त्रालयले पेश गर्ने विषय प्रधानमन्त्रीसँग छलफल गरेर बैठकमा पठाउने बताउनु भएको छ।

यसअघि गृहमन्त्री निधिले आफूलाई दोस्रो वरियता नदिइए राजीनामा दिने चेतावनी दिनु भएको थियो। तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाको आग्रपछि निधि मन्त्रिपरिषदमा नगएर सरकारमै रहन सहमत भएका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.