पक्राउ परेका पाइलटलाई पाँच दिनको म्याद

 पक्राउ परेका पाइलटलाई पाँच दिनको म्याद

काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९३ हजार ६ सय अमेरिकी डलरसहित पक्राउ परेका नेपाल वायुसेवा निगमका पाइलट सुवर्ण अवालेलाई
राजस्व अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतबाट पाँच दिन समय मागेर अनुसन्धान अगाडि बढाएको छ।

विदेशी विनियम नियमित गर्ने ऐन अन्तर्गत अवालेमाथी अनुसन्धान अगाडि बढेको हो। यो ऐन अन्तर्गत बढीमा ३० दिनसम्म विभागले अनुसन्धान गर्न सक्ने छ।

अवालेलाई थुनाका लागि नख्खु कारागारमा राखिएको छ। विदेशी विनियम नियमित गर्ने ऐनअन्तर्गत एक करोड नेपाली रुपैयाँ बराबरभन्दा माथीको मुद्धामा अधिकतम तीन वर्षसम्म कैद, विगो जफथ र विगोको तेब्बर जरिवाना हुने व्‍यवस्था छ।

एक करोड नेपाली रुपैयाँभन्दा तलको मुद्धामा अधिकतम विगो जफथ र विगोको तेब्बरसम्म जरिवाना ब्यवस्था छ। अवालेले ह्यान्ड क्यारिमा राखेको अमेरिकी डलरको नेपाली रुपैयाँ एक करोडभन्दा तल हुन आउँछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.