पर्साका १५ गाविसका पूर्वअध्यक्षहरु फोरम नेपालमा प्रवेश
वीरगन्जः आसन्न स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा पर्साका १५ गाविसका निवर्तमान तथा भूतपूर्व गाविस अध्यक्षहरु सामूहिक रुपमा संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन्। पर्साको श्रीपुरपचगावामा सोमबार फोरम नेपाल पर्साले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रममा १५ गाविसका निवर्तमान तथा भूतपूर्व गाविस अध्यक्षहरु फोरम नेपालमा प्रवेश गरेका हुन्।
साविकको बेल्वा गाविसका पूर्व अध्यक्ष एंव राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साका पुर्व अध्यक्ष मुखदेव पन्जियार, बसन्तपुर गाविसका पूर्व अध्यक्ष गौरीशंकर कलवार, बैरीया विर्ता गाविसका पूर्व अध्यक्ष मुख्तार अन्सारी, बागेश्वरी तित्रनौ गाविसका पूर्व अध्यक्ष काशीप्रसाद यादव, सखुवा प्रसौनी गाविसका पूर्व अध्यक्ष भूपदेव राय थारु, हरपतगन्ज गाविसका पूर्व अध्यक्ष नागेन्द्र यादव, सुपौली गाविसका पूर्व अध्यक्ष विसुन राय थारु , कौवाबन कटैया गाविसका निवर्तमान अध्यक्ष सलीम अन्सारी , कौवाबन कटैया गाविसकै पूर्व अध्यक्षहरु काशीम अन्सारी , रुपनारायण पटेल, सखुवा प्रसौनी गाविसका पुर्व अध्यक्ष शीव राय थारुसहित १५ जना पूर्व गाविस अध्यक्षहरु फोरम नेपालमा प्रवेश गर्नु भएकाे हाे।
यस्तै, पञ्चायतकालका कृषि सहायक मन्त्री मोहनलाल चौधरी, ट्रेड युनियन काँग्रेसका केन्द्रीय सदस्य एवं सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष रामनरेश यादव, एमालेका राष्ट्रिय परिषद् सदस्य जितेन्द्र यादव र वीरगञ्ज उपमहानगरपालिका–१ का पूर्व वडा अध्यक्ष श्याम सुन्दर साहपनि फोरम नेपालमा प्रवेश गरेका छन्। कार्यक्रममा फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले अबर टिका र माला लगाएर नवप्रवेशीहरुलाई स्वागत गर्नु भएकाे थियाे।