काठमाडौंमा अाउँने एक तिहाई तरकारी काभ्रेबाट

काठमाडौंमा  अाउँने एक तिहाई तरकारी काभ्रेबाट

बनेपा : तरकारी उत्पादनमा मुलुककै पहिलो जिल्लाका रुपमा चिनिदै आएको काभ्रेले राजधारीमा खपत हुने तरकारीको एक तिहाई हिसा ओगट्दै आएको छ । राजधानीलाई दैनिक रुपमा आवश्यक पर्ने तरकारीको ४० प्रतिशत काभ्रेबाट निर्यात हुने गरेको जिल्ला कृषि विकास कार्यलयल काभेले जनाएको छ।

उत्पादनको भएको तरकारी राजधानी लगाएत देशका विभिन्न जिल्लामा जाने गरेको जिल्ला कृषि विकास कार्यलय काभ्रेका कृषि विकास अधिकृत थर्क जिशि बताउछन् जिल्लामा उत्पादीत भएको तरकारीले राजधानीको ४० प्रतिशत हिसा ओगटेको छ । 'उत्पादन भएको तरकारीको १० देखि २० प्रतिशत जिल्लामै खपत हुन्छ भने वाँकी ८० देखि ९० प्रतिशत उत्पादित तरकारी राजधानी र अन्य जिल्लाहरुमा जाने गरको छ ।, उनका अनुसार उत्पादन भएको तरकारीबाट बार्षिक ७० अर्व रुपैया जिल्ला भित्रने गरेको बताए ।

जिल्ला कृषि कायलयको तथ्याङ्क अनुसार काभ्रेमा बार्षिक एक लाख ९० हजार मेट्रिक टन तरकारी उत्पादन बाट ३५ अर्वको रुपैया र एक लाख ८५ हजार मेट्रिक टन आलुबाट वार्षिक ३० अर्व रुपैया जिल्ला भित्रने गरेको छ । भने ६ अर्वको गालभेडा, २० करोड रुपैयाको तरकारीको विउ विजन बाट जिल्ला भित्रने गरेको कृषि विकास कार्यलय अधिकृत थर्क जिशिले जानकारी दिए । उनका अनुसार उत्पादीत तरकारी काठमाडौ, पोखरा, नारायणघाट, बाह्रविसे लगायतका प्रमुख शहरहरुमा समेत काभ्रेको तरकारी पुग्ने गरेको छ । दुरीको हिसावले सहज र यातायातको समेत सुविधाका कारण यहाँ उत्पादित तरकारी सिधै राजधानी र प्रमुख शहरमा पुग्ने गरेका हो । उनले थपे किसानले उचित मुल्य पाइने र ठगिने सम्भावना समेत कम हुने कारणले यहाँका किसानले आफै पनि तरकारी राजधानी लाने गरेका बताए।

जिल्लामा पछिल्लो समय किसानले व्यवसायीक र आधुनिक तरकारीखेती गरेसंगै उत्पादकत्वमा समेत वृद्धि हुदै गएको कृषि विकास कार्यलय काभ्रेले जनाएको छ । उत्पादीत तरकारीका लागि बजारको समस्या नहुनुका साथै हावापानी पनि उपयुक्त भएका कारण किषान व्यवसायीक तरकारी खेतिप्रति झनै आकर्षित हुदै गएका छन् ।

उत्पादन बढेसंर्गै सरकाले विशेष कार्यक्रम र कृषि उद्योग खोले अझ उत्पादमा बृद्धि हुने अधिकृत जिशिले बताए । विपि राजमार्ग सुचारु भएसंगै राजमार्गले छोएका गाउँ गाउँमा मोटरवाटो पुगेपछि पनि तरकारी खेतीमा व्यवसायिकता शुरु हुदै गएको छ ।

जिल्ला कृषि विकास कार्यालयका तथ्याङ्क अनुसार जिल्लाभर ९ हजार ५ सय ४५ हेक्टरमा तरकारी खेती हुने गरेको छ । एक लाख ९० हजार मेट्रिक टन बरावर तरकारी उत्पादन हुने गरेको छ । तरकारी उत्पादनका लागि पाँचखाल, पनौती, नाला, महादेवस्थान, जैसीथोक, ज्याम्दी, कुशादेवी, ढुंर्खक पकेट क्षेत्र हुन । आलु, गोलभेडा, काउली बन्दा, रायो, मूला, फर्सी , खुर्सानी, सिमी, भन्टा र लहरे तरकारी उत्पादन अत्याधिक मात्रमा हुने गरेको छ ।

माग अनुसारको कृषि समाग्री, औजार, किसानलाई उपलव्ध गराउन नसक्नु र अन्य जिल्लाको सरह कृषि बजेट नभएका कारण किसान माझ थप कार्यक्रम गर्न समस्या हुने गरेको कृषि विकास कार्यालयका कर्मचारीको गुनासो छ । पछिल्लो समय जिल्लाको उर्वर भुमी र खेती योग्य जमिनमा घरघडेरी र प्लेटीङ्ग गर्न थालेसंगै उत्पादन कम हुने भन्दै सरकारले यसलाई तत्काल रोक्नुपर्ने माग किसानहरुले राख्दै आएका छन्।

तरकारीमा विषादीको प्रयोग घटाउदै काभ्रे

तरकारी उत्पादनका विषादीको अत्याधीक प्रयोग गरेको आरोप खेप्दै आएका काभ्रेका किसानहरुले तरकारी उत्पादनमा विषादीको मात्रा घटाउन थालेका छन् ।विषादीले उपभोक्ता मात्र नभई आफुहरुलाई समेत असर गर्ने थाहा पाएसंगै विषादीको प्रयोग घटाउन थालेका हुन ।

जिल्ला कृषि विकास कार्यलयका अनुसार काभ्रेमा खपत भएको विषादी काभ्रे मात्र नभई छिमेकी जिल्ला सिन्धुपाल्चोक, रामेछाप, सिन्धुलि, दोलखा लगाएतका जिल्लामा खपत भएको विषादीको समेत गणनालेअनावश्यक हल्ला भएको बताउदै आएको छ ।

'पोहीलाको तुलनामा काभ्रेमा विषाधीको प्रयोग घटेको छ ।' जिल्ला कृषि विकास कार्यलयका अधिकृत थर्क जिशी भन्छन् ।' किसानले बुझिसके विषादीको धेरै प्रयोग गर्न हुदैन भनेर हामीले किसानका खेतबारीमै गएर हेरेका छौ ।, अहिले पोहीलेका तुलनामा ६० प्रतिशत विषादी कम प्रयोग गर्छन ।, आईपीएम कक्षा, जनचेतना र विषादीको असर बारे किसानहरु आफै सचेत भएका छन् ।' पछिल्लो समय किसानले विषादीका रुपमा गाईबस्तुको प्राङ्गारीक र कम्पोष्ट मलको प्रयोग गर्ने गरको छन् । अधिकासं किसान अर्गानीक खेती तर्फ आकर्षन हुन थालेका जिशिले बताए ।

जिल्लामा आर्थिक वर्ष २०६९-७० मा ८७ मेट्रिक टन विषादी खपत भएको थियो भने ०७०-७१ मा ८३ मेट्रिकटन र ०७२-०७३ मा सो परिणामा घटेर ७० मेट्रिकटन विषादी खपत भएको जिल्ला कृषि विकास कार्यलय काभ्रेका अधिकृत जिसीले जानकारी दिए । उनका अनुसार काभ्रेमा खपत हुने विषादी मध्य ५० प्रतिशत छिमेकी जिल्ला सिन्धुपाल्चोक, रामेछाप, दोलखा, सिन्धुली लगाएतका जिल्लाहरुमा निर्यात हुने भएकाले विषधी निर्यातमा काभ्रेमो धेर्रै रेकड देखीएपनि प्रयोगमा नर्भएको दावी गरे ।

जिल्लामा प्रयोग हुने विषादी मध्य एक प्रतिशत अर्गानी, दुई प्रतिशत झारनासक, ७१ प्रतिशत ढुसीनासक,२४ प्रतिशत किटनाशक र दुई प्रतिशत अन्य विषादीको प्रयोग हुने गरको छ । जिल्ला कृषि विकास कार्यलय काभ्रेको तथ्याङ्कमा रहेको छ । जिल्लामा ६८ वटा एग्रोभेटले विभिन्न विषादीहरु विक्रि वितरण गर्दै आएका छन् ।



 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.