झापाका गज्जब सामुदायिक विद्यालय

झापाका गज्जब सामुदायिक विद्यालय

बिर्तामोड: झापाका अधिकांश सामुदायिक विद्यालय पठनपाठन, भौतिक संरचना तथा अन्य व्यवस्थापनका हिसाबमा अहिले निजी विद्यालयभन्दा अब्बल साबित हुन थालेका छन् । केही वर्षअघिसम्म सामुदायिक विद्यालय भन्नेबित्तिक्कै अभिभावकले आफ्ना बच्चा भर्ना गर्नका लागि नाक खुुुुम्च्याउने गरेको अवस्थामा अहिले निजी विद्यालयबाट नानीहरू निकालेर सामुदायिक विद्यालयमा भर्ना गर्न थालेका छन् ।

निजी विद्यालयले अंग्रेजी माध्यममा पठनपाठन गर्ने गराउने हुनाले विगतमा त्यस्ता विद्यालयमा अभिभावक तथा विद्यार्थीको आकर्षण हुने गथ्र्याे । तर अचेल झापाका करिब ९० प्रतिशत सामुदायिक विद्यालयले अंग्रेजी माध्यममा पठनपाठन सुरु गरेका कारण ती विद्यालयमा विद्यार्थीको चाप बढ्न थालेको छ । कुनै विद्यालयमा त भर्ना कार्यक्रम रोक्नुपर्ने अवस्थासमेत रहँदै आएको छ ।

विगत केही वर्षदेखि कन्काई नगरपालिकामा रहेको कन्काई माध्यमिक विद्यालयले अंग्रेजी माध्यममा पठनपाठन गराइरहेको छ । छेउछाउमा अंग्रेजी माध्यमका निजी विद्यालय नभएका होइनन् । तर जब उक्त उच्च माविले निजी विद्यालयले दिने सुविधा दिन सुरु गर्यो ह्वारह्वार्ती निजी विद्यालयका विद्यार्थी त्यहाँ भर्ना हुन थाले । जसमा त्यहीँ पढाउने शिक्षकशिक्षिकाका बच्चाहरू पनि छन् ।

देशका कतिपय सामुदायिक विद्यालय विद्यार्थी अभावमा छट्पटाइरहेका बेला झापाका धेरै सामुदायिक विद्यालय भने निजी विद्यालयहरूसँग बराबर प्रतिस्पर्धा गरिरहेका छन् । विद्यालयका शिक्षकशिक्षिकाको कडा मेहनत र समयसापेक्ष विषयहरूको पढाइ हुने भएकाले ती विद्यालयहरू अन्य सामुदायिक विद्यालयमध्ये अग्रणी विद्यालयका रूपमा चिनिन थालेका छन् । सामुदायिक विद्यालयमाझ मेचीनगरको आदर्श माध्यमिक विद्यालय नमुना विद्यालयको रूपमा विकसित हुँदै गएको छ ।

सोही विद्यालयको कक्षा ९ मा अध्ययनरत विद्यार्थी उषा लिम्बूले आफ्नो विद्यालयको प्रगतिमा आफूलाई गर्व लागेको बताइन् । उनले भनिन्, ‘हाम्रो स्कुलको प्रगतिमा धेरै निजी विद्यालयका विद्यार्थीले आँखा लगाएका छन् । मलाई त गर्व लाग्छ यो विद्यालयमा पढ्न पाएकोमा ।’ चार वर्ष अगाडि उक्त विद्यालयको एसएलसी परीक्षाको परिणाम १७ प्रतिशत थियो । जब विद्यालयले फड्को मार्न थाल्यो, अर्काे त्यो प्रतिशत ३४ मा पुग्यो । त्यसपछि ४५ प्रतिशत र यसपालि कुनै पनि विद्यार्थी अनुत्तीर्ण हुनु नपरेको विद्यालयका शिक्षकहरू बताउँछन् ।

जिल्ला शिक्षा कार्यालयले गत वर्ष बालकक्षामा सर्वाेत्कृष्ट ठहर गर्दै उक्त विद्यालयलाई पुरस्कृतसमेत गरेको थियो भने गत वर्ष नै उक्त विद्यालयका प्रधानाध्यापक खड्काले शिक्षा पदकसमेत प्राप्त गरेका थिए । आदर्शका प्रधानाध्यापक हेम खड्काले शिक्षकको मेहनत र अभिभावकको विश्वास भए सामुदायिक विद्यालयले प्रगति गर्न समय नलाग्ने बताए । उनले भने, ‘सरकारी स्रोत सबैलाई उत्तिकै हो । तर त्यसलाई परिचालन गर्न जान्नुपर्छ । सबभन्दा ठूलो कुरा इमानदारी हो ।’

सामुदायिक विद्यालयले पनि चाहेको खण्डमा निजी विद्यालयभन्दा राम्रो कक्षाको व्यवस्थापन गर्न सक्दो रहेछ भन्ने झापाको झापा दुुुुहागढीमा रहेको बाल सुबोधिनी आधारभूत विद्यालयले उदाहरण देखाएको छ । दुुुुई वर्षअघि उक्त विद्यालय झापाकै उत्कृष्ट विद्यालयको रूपमा जिल्ला शिक्षा कार्यालयले घोषणा गर्नुका साथै पुरस्कृतसमेत गरेको थियो । त्योभन्दा अघिल्लो साल उक्त विद्यालयले उत्कृष्ट बाल विकास कक्षा सञ्चालन गरेको भन्दै जिशिकाले पुरस्कृत गरेको थियो । त्यस्तै प्रगति हिमाली आधारभूत विद्यालयले पनि गर्दै आएको छ ।

यी केही नमुना विद्यालयहरू हुन् । जिल्ला शिक्षा कार्यालय झापाका अनुसार दमकको हिमालय माध्यमिक विद्यालय, मेचीनगरकै बाल कल्याण मावि, चारपानेको मोहनमाया, महारानीझोडाको स्कुलचौन, अर्जुुुुनधाराको लक्ष्मीपुर, मेचीनगरको कविशिरोमणि, धुलाबारी मावि, बिर्तामोड महेन्द्र रत्न माविलगायतका सामुदायिक विद्यालय अब्बल सावित भएका छन् ।

जिल्ला शिक्षा कार्यालय झापाका उपसचिव उद्धव विष्टका अनुसार केही वर्षअघिदेखि कक्षा १० को वार्षिक परीक्षामा ती विद्यालयको परिणाम उच्च रहेको छ । विष्टले भने, ‘अहिले यति धेरै विद्यालयले प्रगति गरेका छन् कि ती विद्यालयलाई नमुनाको रूपमा लिने गरेका छौं । त्यस्ता विद्यालयमा अंग्रेजी माध्यमबाट मज्जाले पढाइ हुन थालेको छ ।’ उनले ९० प्रतिशत सामुदायिक विद्यालयले साना कक्षामा अंग्रेजी माध्यम र ६० वटाभन्दा बढी विद्यालयले पूर्ण रूपमा अंग्रेजी माध्यममा पठनपाठन गरिरहेको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.