आइजीपी अर्यालले बोलाएको बैठकमा सिलवाल अनुपस्थित

आइजीपी अर्यालले बोलाएको बैठकमा सिलवाल अनुपस्थित

काठमाडौंः नेपाल प्रहरीको महानिरीक्षकमा प्रकाश अर्याल नियुक्त भएपछि पहिलो पटक बसेको प्रहरी समन्वय समिति (पीसीसी)को बैठकमा डिआईजी नवराज सिलवाल अनुपस्थित हुनु भएको छ।

आइजीपीमा नियुक्त भएको भोलिपल्टै (मंगलबार) अर्यालले बोलाएको प्रहरी समन्वय समिति (पीसीसी)को बैठकमा डीआईजी सिलवाल सहभागी हुनु भएन। आइजीपी संयोजक रहने प्रहरी समन्वय समिति (पीसीसी)मा एआईजी र डिआईजीहरु सदस्य हुन्छन्। प्रहरी प्रधान कार्यलय नक्सालमा बसेको उक्त बैठकमा अरु जयबहादुर चन्द, बमबहादुर भण्डारीलगायत अरु डीआईजीहरु सहभागी भएपनि सिलवाल भने अनुपस्थित हुनु भएको प्रहरी स्रोतले जनाएको छ।

सोमबार सरकारले आइजीपीमा नियुक्त गरेका अर्यालको नियुक्ति बदर गर्दै आफूलाई आइजीपी बनाउन परमादेश जारी गर्न माग गर्दैै सिलवाल मंगलबार सर्वोच्च अदालत पुगेर रिट दायर गर्नु भएको छ। सिलवालले सर्वोच्चको बृहत पूर्ण इजलासको फैसला अनुसार आफूलाई आइजीपी बनाउन माग गर्दै सर्वोच्चमा रिट दायर गर्नु भएको हो।

यसअघि डीआईजी जयबहादुर चन्दलाई गत फागुन १ मा सरकारले आइजीपीमा नियुक्त गरेपछि सिलवाल सर्वोच्च पुग्नु भएको थियो। सर्वोच्चले सिलवालले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै चन्दलाई आइजीपीमा नियुक्त गर्ने सरकारको निर्णय बदर गरेको थियो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.