७४४ वटै स्थानीय तहमा बैंक खाता खोल्न अर्थमन्त्रीको निर्देशन
काठमाडौं: उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले मुलुकका ७ सय ४४ वटै स्थानीय तहमा बैंक खाता खोल्न निर्देशन दिनु भएको छ। आगामी आर्थिक वर्षमा वित्तिय क्षेत्रको कारोबार सहज र सुलभ बनाउनका लागि अर्थमन्त्री महराले सम्बन्धित निकायलाई निर्देशन दिनु भएको हो।
अर्थ मन्त्रीको निर्देशन अनुसार अर्थ मन्त्रालयको वित्तिय क्षेत्र ब्यवस्थापन महाशाखाले त्यसको तयारी गरिरहेको छ।