ग्रामिण पर्यटनबाट ८२ अर्व डलर सङ्कलन

ग्रामिण पर्यटनबाट ८२ अर्व डलर सङ्कलन

हन्झाउ (चीन), चीनमा गत वर्ष सन् २०१७ मा ग्रामिण पर्यटन पहिला भन्दा अझ बढी फस्टाएको पाइएको छ। ग्रामिण परिवेशको अनुभव लिन विदा मनाउने गरी गाउँतर्फ जान रुचि राख्नेको सङ्ख्या पढ्दै गइरहेको अधिकारीहरुले बताएका छन्।
ग्रामिण पर्यटन फस्टाउदा गाउँको आर्थिकस्तर वृद्धि गर्दै गरिबी न्युनिकरण गर्न पनि सहयोग पुग्ने सरकारी पक्षको विश्वास छ। सन् २०१६ मा ग्रामिण पर्यटनबाट ८२ अर्व अमेरिकी डलर अर्थात् ५७० अर्व यन राजस्व सङ्कलन भएको छ।
अघिल्ला वर्षहरुमा प्रायः झन्डै ४४० अर्व यन मात्रै राजस्व उठ्ने गरेको कृषि मन्त्रीले मङ्गलबार एक कार्यक्रममा जानकारी दिनुभयो। सन् २०१६ मा २ अर्व भन्दा बढी व्यक्तिले ग्रामिण क्षेत्रको पर्यटकीय यात्रा गरेका छन् । तिव्र गतिमा वृद्धि भएको ग्रामिण पर्यटनका कारण चीनमा झन्डै सात लाख गाउँलेले रोजगारी पनि पाएको कृषि मन्त्रालयको तथ्याङ्क छ ।
“फुर्सदको खेतीपाती र ग्रामिण पर्यटनले उच्चस्तरको अवसर सृजना गरिदिएको छ, यसको माग पनि बढ्दै गइरहेको छ, आम्दानीमा पनि वृद्धि भएको छ,” कृषि मन्त्री हान चाङफुले भन्नुभयो ।
उहाँले आर्थिक अवस्था राम्रो नभएका ग्रामिण क्षेत्रमा ग्रामीण पर्यटन उद्योग व्यवसाय चलाउन पनि आह्वान गर्नुभएको छ । राष्ट्रिय पर्यटन कार्यालयले ग्रामिण पर्यटन सम्बन्धी व्यापार व्यवसाय गर्न चाहनेका लागि आर्थिक सहयोग दिन दुई ओटा मुख्य बैंकहरुसँग गत महिना सम्झौता पनि गरेको छ ।
ग्रामीण पर्यटनले कृषकहरुको आर्थिक अवस्था सुधार गर्न र कृषि पेशालाई समेत थप मजबुद बनाउने कृषी मन्त्री हानले विश्वास व्यक्त गर्नुभएको छ । रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.