खाडी मुलुकमा कामदार नपठाउन जर्मन उपसभामुखको नेपाललाई सुझाव

खाडी मुलुकमा कामदार नपठाउन जर्मन उपसभामुखको नेपाललाई सुझाव

काठमाडौ : जर्मन उपसभामुख क्लाउडीया रोथले कफला प्रणाली अन्र्तगत खाडी मुलुकमा आफ्ना नागरिकलाई रोजगारीमा पठाउने कार्य बन्द गर्न नेपाल सरकारलाई सुझाव दिनुभएको छ ।
काफला प्रथा अनुसार खाडीमा काम गर्ने नेपाली लगायत बिदेशी कामदारको अवस्था दयनीय रहेको उहाँले बताउनुभयो । त्यस प्रणाली अनुशार रोजगारीमा जाने जो कोही बिदेशी कामदारको राहदानी उसको मालिकले राख्ने र उनीहरुलाई बन्दक बनाएर काम लगाउने प्रथा गलत रहेको रोथले बताउनुभयो ।
‘कतार, साउदी अरेबिया लगायतका खाडी मुलुकमा नेपाली श्रमिकहरुको अवस्था दयनिय छ’ नेपालको तिनदिने भ्रमण पुरा गरी मंगलबार फर्किनुअघि पत्रकारहरुसंग उहाँले भन्नुभयो ।
जर्मन उपसभामुखले कफला प्रणाली अनुसार नेपालले खाडीमा आफ्ना नागरिक पठाउने काम बन्द गर्नु उपयुक्त हुने सुझाव नेपाल सरकारलाई दिनुभयो ।
‘यो प्रणालीमा काम लगाएर यी खाडी मुलुकले नेपाल पाकिस्तान तथा अन्य मुलुकका नागरिकलाई आधुनिक दास बनाइरहेका छन् । यो रोकिनु आवश्यक छ भनेर हामीले ती देशलाई बारम्बार भनिरहेका पनि छौँ’ उहाँले भन्नुभयो ।
कतारमा सन् २०२२ मा हुन लागेको वल्र्ड कप फुटबलका लागि भइरहेका निर्माणका काममा नेपाली कामदारलाई प्रयोग गरिएको र उनीहरुको अवस्थामा दयनीय रहेको उहाँले बताउनुभयो । कतारले काफला प्रणाली बन्द गर्दै नयाँ श्रम कानुन लागू गरेको भएपनि अपेक्षा गरिए अनुसार नेपाली लगायत त्यहाँ कार्यरत बिदेशी कामदारले सेवा सुबिधा पाउन नसकेको टिप्पणि हुंदै आएको छ ।
साउदीमा कफला प्रणालीमा काम गरिरहेका हजारौँ नेपाली छन् । अर्को खाडी मुलुक युएईले पनि कफला प्रणालीमा केही सुधार गरी बिदेशी कामदारको समस्या संम्बोधनको प्रयास गरेको छ ।
नेपालको राजनीतिक परिस्थितीबारे टिप्पणि गर्दै उहाँले आसन्न स्थानीय तहको निर्वाचनमा मधेशवादी लगायत सबै राजनीतिक दलको सहभागिता रहनु उपयुक्त हुने सुझाव सरकार र राजनीतिक दललाई दिनुभयो । ‘यतिका बर्षपछि नेपालमा स्थानीय तहको निर्वाचन हुंदैछ । मधेशी लगायत सबै राजनीतिक दलको स्थानीय निर्वाचनमा सहभागिता रहनु आवश्यक छ ।’
रोथले नेपालका राजनीतिक दलहरुले सहमति र सहकार्यका माध्यमबाट बिद्यमान राजनीतिक बिरोधाभाषहरु अन्त्य गर्नुपर्ने सुझाव दिनुभयो । ‘एकिकृत र शान्त नेपालका लागि खातिर सबै दलहरुले गम्भीर भएर सोच्नुपर्छ । अहिले देखिएका राजनीति अन्तरबिरोधहरुको समाधान खोज्नुपर्छ’ रोथले भन्नुभयो ।
विश्वका कुनै पनि संबिधान पूर्ण नरहेको बताउँदै उहाँले संबिधानमा ब्यबस्था भएका प्रावधानहरु ब्यवहारिक रुपमा लागू हुनु महत्वपूर्ण रहेको बताउनुभयो । ‘कागजी रुपमा होइन कि ब्यवहारमा संबिधान लागू हुनुपर्छ’ रोथले भन्नुभयो ‘नेपालको महिला, मधेशी, दलीत, अपांग र अल्पसंख्यलाई समान अधिकारको प्रत्याभूति संबिधान गर्नुपर्छ ।’
नेपालमा जातिय समूहहरु थुप्रै रहेको उल्लेख गर्दै संघीयता कार्यान्वयन गर्ने काम सहज नरहेको टिप्पणि गर्नुभयो । नेपालका संक्रमणकालीन संयन्त्रहरुले द्वन्द्व पिडितहरुलाई न्याय दिन सक्नुपर्ने उहाँको धारणा थियो । ‘न्याय दिन नसक्ने प्रजातन्त्रको के अर्थ रहन्छ र? ’ उहाँको प्रश्न थियो ।
नेपाल र भुटानजस्ता मुलुकहरुले जलवायु परिवर्तनको भयावह समस्या झेल्ने अवस्था रहेको उहाँले उल्लेख गर्नुभयो । ‘नेपाल र भुटानजस्ता मुलुकले जलवायु परिवर्तनको समस्या धेरै झेल्नुपर्ने देखिएको छ । म भुटान हुंदै नेपाल आउँदा आकाशबाट सुन्दर निला पहाडहरु देखेँ । तर ती पहाडहरुमा हिउँ पग्लिएको देखिन्थ्यो’ उहाँले भन्नुभयो । उच्च आर्थिक बृद्दिद्दर सहित अघि बढिरहेका चीन र भारतका बीचमा रहेको मुलुक नेपालले आफूलाई राजनीतिक रुपमा स्थिर राख्नुपर्ने उहाँको भनाई छ ।
रोथले नेपाल र भुटान लगायत मुलुकले अमेरिका, चीन र भारतजस्ता ठूला देशलाई जलवायु परिवर्तनको चुनौति समाधानका लागि दबाब दिनुपर्ने सुझाउनुभयो ।
अमेरिकामा डोनाल्ड ट्रम्पको शाशन शुरु भएयता लोकतन्त्रबारे बिश्वभरि नै चिन्ता र अनिश्चितता छाएको उहाँले बताउनुभयो ।
तिन सदस्यीय प्रतिनिधीमण्डलको नेतृत्व गरी यहाँ आउनुभएकी जर्मन उपसभामुखले राष्ट्रपति बिद्यादेवी भण्डारी र सभामुख ओनसरी घर्तिसंग भेट्नुभएको थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.