शीवम् स्टिल उद्योगमा आगलागी, १० करोडको क्षति

शीवम् स्टिल उद्योगमा आगलागी, १० करोडको क्षति

वीरगन्ज: वीरगन्जको आदर्शनगरमा रहेको शीवम् स्टिल प्रालिमा मंगलवार साँझ भीषण आगलागी भएको छ।

ठाकुरराम बहुमुखी क्याम्पस पछाडि रहेको पर्सा क्षेत्र नम्बर ३ का सांसद राज कुमार गुप्ताको स्टिलका भाँडाकुडा उत्पादन हुने उद्योगमा भएको आगलागी भएको हो। आगलागीबाट १० करोड भन्दा बढिको क्षति भएको सांसद गुप्ताले बताउनुभयो।

आगोले उद्योगमा रहेको स्टिलका तयारी भाँडाकुडा, कच्चा पदार्थ र गोदाम पुरै जलेर खरानी भएको छ , उहाँले भन्‍नुभयो, 'अहिले सम्मको अवस्था हेर्दा कमसे कम १० करोडको क्षति भएको अनुमान गरिएको छ। उहाँले थप्‍नुभयो,'सेना र पुलिसले धेरै सहयोग गरे जसका कारण अर्को भवनमा रहेका मेशीन र उपकरण जोगियो , नत्र २५/३० करोडको नोक्सानी हुन्थ्यो होला।

अपरान्ह साढे चार बजे तिर बिद्युत सर्ट भई लागेको आगो विरगंज उपमहानगरपालिका र कलैया नगरपालिका कार्यालयका गरि तीन वटा बारुण यन्त्रको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी , नेपाली सेना र स्थानीयवासीले करिब तीन घण्टा पछि आगो आगो निभाएको पर्साका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले बताउनुभयो।

बेलुकी साढे सात बजे तिर मात्रै आगो निभाउन सकियो, उहाँले भन्‍नुभयो, 'क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ, अहिले नै कति क्षति भयो भनेर भन्न सक्ने अवस्था छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.