उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा विजयी
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा विजयी भएका छ्न।
उनका प्रतिद्वनदी किशोकुमार प्रधानले प्रधानले मत आउनु पूर्व नै शेखर गोल्छालाई माला लगाएर जितको लागि बधाइ दिएका छन्।
यस्तै जिल्ला नगर उपाध्यक्षमा प्रमोखद श्रेष्ठ विजय भएका छन्। त्यस्तै वस्तुगत उपाध्यक्षतर्फ उमेशलाल श्रेष्ठ विजयी भएका छन् भने
एशोसिएट उपाध्यक्षमा चन्द्र ढकाल यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।
महासंघको चुनावमा व्यावसायी शेखर गोल्छाको वर्चश्व रहेको छ।
संशोधित विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने भएपछि भवनी राणा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भएकी हुन्।