राष्ट्रपति भण्डारीको भारत भ्रमण तयारी अन्तिम चरणमा

राष्ट्रपति भण्डारीको भारत  भ्रमण तयारी अन्तिम चरणमा

नयाँ दिल्ली: राष्ट्रपति विद्या भण्डारीको राजकीय भारत भ्रमणको मिति दुवै मुलुकले औपचारिक रुपमा घोषणा नगरेको भएपनि तयारी भने अन्तिम चरणमा पुगेको छ।

यही वैशाख ४ गते सोमबारदेखि हुने भनिएको भ्रमणका एजेण्डाहरु तय गर्ने बारे नयाँ दिल्ली स्थित नेपाली दुतावास र भारतीय विदेश मन्त्रालयबीच समन्वय भएर अन्तिम निष्कर्षमा पुगेको बुझिएको छ।

नेपालको पहिलो महिला राष्ट्रपति भण्डारीले २०७२ कार्तिकमा पदभार संभाले पछिको यो पहिलो विदेश भ्रमण हो। राष्ट्रपति कार्यकारी नहुने हुँदा यस्ता भ्रमणका बेला राष्ट्रपतिको उपस्थितिमा दुइ मुलुकका आपसी हितका साँकेतिक महत्व दर्शाउने विषयमा संझौता हुने परम्परा रहिआएको छ।

गुडविल भिजिटको रुपमा हुन लागेको भ्रमणमा कार्यकारी तहमा यस किसिमका संझौता हुने बुझिएको छ। तर विषय भने खुलाइएको छैन् । दूतावास श्रोतका अनुसार ,संझौताका विषयहरुमा छलफल भैरहेको छ ,निर्णय हुन बाँकी छ।

राष्ट्रपति भण्डारीले २०७३ वैशाख २७ (९ मे २०१६) मा भारत भ्रमण गर्ने कुरा मिडियामा सार्वजानिक गरिसकेपछि तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले अन्तिम समयमा भ्रमण रद्द गरेको थियो। त्यसपति एमाले पार्टीको भारतसँगको सम्बन्धमा असमझदारी चुलिएको थियो।

सक्रिय राजनीतिबाट आएको हुँदा राष्ट्रपतिको वरिपरि एमालेका नेताहरुकै वर्चस्व रहेको छ। एमाले र भारतको सम्बन्धमा पछिल्लो समयमा आएको तिक्तता सुधार्नकालागि अप्रत्यक्ष प्रयास पनि हुन सक्ने जानकारहरु बुझाइ छ। त्यसैले राष्ट्रपतिको यो भ्रमण एमाले पार्टीकोलागि डयामेज कन्ट्रोलको रुपमा हुन सक्ने समेत जानकारहरुको बुझाइ रहेको छ।

भारतीय समकक्षी राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणामा हुन लागेको राष्ट्रपति भण्डारीको भ्रमणका संभावित कार्यक्रममा वैशाख ४ गते दिउँसो नयाँ दिल्ली आइपुग्ने राष्ट्रपतिको भारतीय पक्षबाट स्वागत पछि राष्ट्रपति भवन पुग्ने , साँझ नेपाली दुतावासमा प्रवासी नेपालीहरुसँग छलफल गर्ने कार्यक्रम रहेको बुझिएको छ। साँझ नेपाली दूतावासले राष्ट्रपतिको सम्मानमा आयोजना गर्न लागेको रात्रीभोज कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ।

बैशाख ५ गते राष्ट्रपति प्रणव मुखर्जी ,प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री सुषमा स्वराज , गृहमन्त्री राजनाथ सिंह लगायत अन्य उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको बुझिएको छ।

वैशाख ६ र ७ गते क्रमश गुजरात राज्यको प्रख्यात सोमनाथ तथा द्धारिकाधिस मन्दिर तथा उडीसाको जगन्नाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको छ।

यसैबीच राष्ट्रपति भण्डारीले महिला सशक्तिकरणका कार्यक्रममा भाग लिन सक्ने पनि बुझिएको छ। ८ गते शुक्रबार काठमाडौं फर्किने संभावित कार्यक्रम रहेको बुझिएको छ।

यसअघि राष्ट्रपति डा.रामवरण यादवले तात्कालिन भारतीय राष्ट्रपति प्रतिभा पाटिलको निमन्त्रणमा २०६६ फागुन ३ गतेदेखि ६ गतेसम्म पहिलो विदेश भ्रमणका रुपमा भारतको राजकीय भ्रमण गर्नुभएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.