उद्योग वाणिज्य महासंघको अध्यक्षमा भवानी राणा
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भवनी राणा हुनु भएको छ। महासंघको संशोधित विधान अनुसार वरिष्ठ उपाध्यक्ष रहनु भएकी राणा उद्योग वाणिज्य महासंघको अध्यक्ष बन्नु भएको हो।
यस्तै मंगलबार भएको महासंघको चुनावमा प्रतिद्वन्द्वी किशोकुमार प्रधानलाई हराउँदै शेखर गोल्छा महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका छन्।
यस्तै जिल्ला नगर उपाध्यक्षमा प्रमोद श्रेष्ठ विजय भएका छन्। त्यस्तै वस्तुगत उपाध्यक्षतर्फ उमेशलाल श्रेष्ठ विजयी भएका छन् भने एशोसिएट उपाध्यक्षमा चन्द्र ढकाल यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।