''हामी अमेरिकाको निगरानी गरिरहेका छौं'

''हामी अमेरिकाको निगरानी गरिरहेका छौं'

एजेन्सी : पछिल्लो समय अमेरिकी गतिविधिबाट आक्रोशि भएको उत्तर कोरियाले अमेरिकामाथि परमाणु हमला गर्ने चेतावनी दिएको छ । उत्तर कोरियाको सरकारी अखबार रोडोग सिनमुनले अमेरिकाले यो भन्दाबढी उत्तेजित बनाएमा तत्काल परमाणु आक्रमण गर्ने बताएको छ । अखबारमा भनिएको छ ।, 'हाम्रा क्रान्तिकारी सेनाले दक्षिण कोरियामा रहेका अमेरिकी सैन्य अखडा र प्रशान्त महासागरको तटमा अमेरिकाले गरिरहेको सबै गतिविधिको निगरानी गरिरहेको छ।'

उत्तर कोरियाले जुसुकै बेला आक्रमण गर्नसक्ने  त्रासले दक्षिण कोरियाका कार्यवाह राष्ट्रपति ह्वाङ क्यो आनले आफ्ना सेनालाई सतर्क रहन आग्रह गरेका छन् । साथै सैन्य सहयोग बढाउँनका लागि अमेरिकासँग आग्रह समते गरेका छन् ।

अमेरिकाले उत्तर कोरियामा आक्रमण गरेमा त्यसबाट उत्पन्न परिस्थितिको सामना गर्नका लागि चीनले पनि तयारी गरिरहेको चर्चा गरिएको छ । चीनले उत्तर कोरियाको सीमामा डेढ लाख सेना तैनाथ गरेको बताइएको छ । यद्यपी चीनले भने अमेरिका र उत्तरकोरिया दुवैलाई उत्तेजनामा नआउँन आग्रह गरिरहेको छ ।

अमेरिकाले कोरियाली प्रायद्धीपको प्रशान्त महासागर मा युद्धपोत तैनाथ गरेपिछ उत्तर निकै आक्रोशित बनिरहेको छ । अमेरिकाले सिरियामाथि गरेको आक्रमणका कारण पनि उत्तर कोरिया अमेरिकाप्रति निकै सशंकित बनेको छ । उत्तरले अमेरिकाले चाल्ने जुनसुकै कदमको सामना गर्न तयार रहेको बताइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.