मेलानिया ट्रम्पलाई यौनकर्मी आरोप लगाउने डेली मेललाई जरिवाना

मेलानिया ट्रम्पलाई यौनकर्मी आरोप लगाउने डेली मेललाई जरिवाना

न्युयोर्कः अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पलाई यौनकर्मी आरोप लगाएको बेलायती पत्रिका ‘डेली मेल'ले जरिवाना तिर्ने भएको छ । मेलानियाले डेली मेलले गल्ती स्वीकार गरेको हुनाले माफी दिने बताएकी छिन् । डेली मेलले मेलानियाको मोडलिङका बारेमा लेख प्रकाशित गरेको थियो । उसले मेलानियाले कुनै बेला यौनव्यवसायी भएको आरोप लगाएको थियो । उक्त लेखको विरोध भएपछि उसले आफ्नो लेख हटाएको थियो । डेली मेल हाल अनलाइन मात्रै प्रकाशन हुन्छ । गत वर्ष अमेरिकी राष्ट्रपतीय निर्वाचनका बेला उनले वेश्यावृत्ति गर्ने गरेको भन्दै छापिएको थियो ।

लन्डन उच्च अदालतमा सुनुवाइका क्रममा पत्रिकाका तर्फबाट मागिएको माफी उनले स्वीकार गरेकी थिइन् । यसैगरी जरिवाना रकम पनि उनले कम गरिदिएकी थिइन् । फेब्रुअरीमा उनले डेली मेलविरुद्ध मुद्दा दायर गर्दा १५ करोड अमेरिकी डलर क्षतिपूर्ति माग गरेकी थिइन् । रोयटर्सका अनुसार हाल पत्रिकाले माफी मागेको हुनाले लचिलो बन्दै ३० लाख डलरमा उनले मानेकी छन् ।

४६ वर्षीया मेलानियाको जन्म युरोपीय मुलुक स्लोभानियामा भएको थियो । सन् १९९० मा मोडलिङ गर्न उनी अमेरिका आएकी थिइन् । सन् २००५ मा डोनाल्ड ट्रम्पसँग उनको विवाह भएको थियो । अमेरिकी राष्ट्रपतीय निर्वाचनका बेला सञ्चारमाध्यमले मेलानियाको निकै आलोचना गरेका थिए । ट्रम्प अमेरिकी राष्ट्रपति भएमा यौनव्यवसायी अमेरिकी प्रथम महिला हुने भन्दै व्यंग्य गरेका थिए । ट्रम्पको विजयपछि पनि सार्वजनिक सञ्चारमाध्यममा मेलानियामाथि आपत्तिजनक टिप्पणी गरिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.