दलाई लामाको यात्राबाट सम्बन्ध बिग्रने चीनकाे चेतावनी

दलाई लामाको यात्राबाट सम्बन्ध बिग्रने चीनकाे चेतावनी

बेइजिङः बौद्ध धर्मगुरु दलाई लामाको भारतको अरुणाचल भ्रमणलाई लिएर चीनले बुधवार भारतसँगको सम्बन्ध बिग्रने सक्ने चेतावनी दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लुई काङले दलाई लामाको भ्रमणबाट दुई देशबीचको सीमा विवाद सुल्झाउन अप्ठेरो हुने बताएका छन् । भारतले तिब्बत मामिलामा प्रतिबद्धता तोडेको आरोप पनि लगाएको छ । काङले चीनले आफ्नो सीमा रक्षा गर्न जस्तोसुकै करबाही गर्ने स्पष्ट पारे ।

दलाई लामा र अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डुको भाषण पनि भड्काउपूर्ण भएको भन्दै उनले निन्दा गरे । खाण्डुले अरुणाचलको सिमाना चीनसँग नभई तिब्बतसँग मात्र जोडिने बताएका थिए । चीनले विरोध गर्दागदै पनि भारतले दलाई लामाको यात्रा व्यवस्था गरेको जानकारी दिएका थिए ।

चिनियाँ प्रवक्ताले खाण्डुको नाम नलिई केही भारतीय अधिकारीले उत्तेजक वक्तव्य दिएको भन्दै विरोध गरेका थिए । काङले भने, ‘१४औं दलाई लामाको गतिविधिले सीमा नाघेको छ ।’ दलाई लामाले भने आफ्नो यात्रा विशुद्ध धार्मिक भएको बताएका छन् । उनले आफ्नो यात्रालाई राजनीतिक विवादको विषय नबनाउन आग्रह गरेका छन् । काङका अनुसार भारतले एक चीन नीतिको पालना नगरी तिब्बतको समस्या बल्झाउन खोजेको आरोप लगाए । भारतको यस्तो गतिविधि चीनलाई सह्य नहुने उनको भनाइ थियो ।

चीनले यो महिना मात्रै तीनपटकभन्दा बढी भारतको विरोध गरिसकेको छ । चीनले अरुणाचलको तवाङ तिब्बतको दक्षिणी भाग भएकाले यो आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ भने भारतले एक्त क्षेत्र आफ्नो भएको दाबी गर्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.