फेरि अर्को संशोधन

 फेरि अर्को संशोधन

स्थानीय तह निर्वाचनको तयारी भइरहेको र मधेसी मोर्चाबाहेक प्रायः सबै दलले निर्वाचनमा सहभागी हुने प्रतिबद्धता जनाइरहँदा सरकारले संसद्मा नयाँ संविधान संशोधन प्रस्ताव पेस गरेको छ । मोर्चालाई निर्वाचनमा सहभागी बनाउन सबै दलले सिद्धान्ततः एकमत देखाए पनि यो नयाँ संशोधन प्रस्तावले उसलाई निर्वाचन प्रक्रियामा भित्वयाउने सम्भावना बढेको देखिँदैन । प्रस्तावित संशोधनले प्रान्तीय सीमा निर्धारण र हेरफेरमा फरक मत राख्न सक्ने प्रान्तहरूलाई सहमत बनाउनुपर्ने आवश्यकताको साटो त्यो अधिकार संघीय संसद्लाई दिने र सम्बन्धित प्रान्तीय सभाको मात्र त्यसमा अनुमोदन आवश्यक बनाएको छ ।

तर अतीतमा जस्तै पटकपटक मोर्चालाई सामेल गराउने नाममा उसको औपचारिक सहमति नलिई नै संशोधन ल्याइने र त्यो मोर्चाबाट अस्वीकृत हुने सिलसिलाले अहिले पनि निरन्तरता पाएको छ । मोर्चाको ठूलो हिस्साले यो संशोधनलाई पनि अस्वीकार गर्ने स्पष्ट चेतावनी दिएको छ । त्यति मात्र हैन, संविधानलाई यो रूपमा जारी गर्नुलाई महत्ववपूर्ण उपलब्धि मान्दै आएको एमालेले समेत यो संशोधन उसलाई मान्य नहुने बनाएर राष्ट्रिय समस्या समाधानमा ठूला दलमा सहकार्य र सहमति हुन नसक्ने देखाएको छ ।

यससँगै संविधान संशोधन संशोधन प्रक्रिया लम्बिएमा, पारित हुन नसकेमा या पारित भई एमालेको विरोध त्यसप्रति लक्षित हुन गएमा के निर्वाचन हुन सक्ला वैशाख ३१ मा ? हुन नसकेमा त्यसको दूरगामी असर के होला संविधानको हैसियत र समग्र राजनीतिक परिस्थितिबारे ? अनि निर्वाचन बिथोलिने सम्भावना बढ्नु र संविधानपक्षीय शक्तिहरूबीच देखा परेको यो मतभेद र तनावलाई प्रतिगामी चलखेल मान्ने कि ‘अग्रगामी' हरूको प्रतिबद्धताविहीनता ?

नेपाली कांग्रेसका वारिस नेता रामचन्द्र पौडेलले नेकपा माओवादीका नेता नेत्रविक्रम चन्द ‘विप्लव', सीके राउत र मधेसी मार्चालाई एकै कित्तामा राखी उनीहरूमाथि प्रतिगमन फर्काउन खोजेको आरोप लगाएका छन् । तर वस्तुनिष्ठ विश्लेषण र समीक्षाको खाँचो छ– के चुनाव र ०६३ यता जनतासमक्ष पटकपटक गरिएका प्रतिबद्धता उल्लंघन हुनु अनि लागू हुन नसक्ने र अधुरो संविधान आउनुमा यी शक्तिभन्दा बढी कांग्रेस, एमाले र माओवादी बढी दोषी छैनन् ? पौडेल र उनको पार्टीले अँगालेको राजनीतिक एजेन्डा विप्लवसहितको एकीकृत नेकपा माओवादीमार्फत आएको हैन र ०६३ मा ?

वर्तमान परिस्थितिको समग्र विश्लेषण र यथोचित निष्कर्षबिना अनि सत्तामा रहेका दलहरूले जवाफदेही नलिई अरूलाई चुनावी थिति बिगारेको आरोप लगाउनु अर्थहीन अभ्यास मात्र हो । यो निर्वाचन वैशाख ३१ मा हुन नसकेमा त्यो मुख्यतया अहिलेको सत्ता र त्यससँग जोडिएका ठूला दल असफल मानिनेछन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.