जापानमा दर्शक तताउँदै मुन्द्रे र कमल
काठमाडौंः नयाँ वर्ष २०७४ को अवसरमा जापानमा हुने सांगितिक कार्यक्रममा चर्चित नेपाली कलाकार उत्रदैछन्। हास्य कलाकार जितु नेपाल मुन्द्रे, गायक कमल के क्षेत्री, हेमन्त शर्मा र गायिका मन्जु पौडेललगायतका कलाकारले आफ्नो प्रस्तुति दिनेछन्। रुपन्देही समाज जापानको आयोजनामा हुने कार्यक्रम जापानको राजधानी टोकियोमा अपरान्ह हुने छ।