ट्रम्प पत्नीबारे गलत खबर दिँदा ३० लाख डलर जरिवाना

ट्रम्प पत्नीबारे गलत खबर दिँदा ३० लाख डलर जरिवाना

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी मेलिनिया ट्रम्पबारे गलत खबर प्रकाशित गर्ने मिडियाले ३० लाख डलर जरिवाना तिरेको छ । बेलायती अखबार डेलीमेलले पत्नी मेलिनियालाई ३० लाख डलर जरिजाना तिरेको हो । साथै मेलिनियाले अखबारको माफीनामा समते स्वीकारेकी छिन् ।

डेलीमेलले राष्ट्रपति निर्वाचनका दौरानमा मेलिनियाको मोडलिङ करिअरका बारेमा खबर प्रकाशित गरेको थियो । जसमा मेलिनिया कुनै समय यौनकर्मीको रुपमा पनि काम गर्थिन भनिएको थियो ।

लण्डन उच्च अदालतमा भएको सुनुवाईमा मेलिनिया ट्रम्पले अखबारले मागेको माफीलाई स्वीकार गर्दै उसले दिएको जरिवाना स्वीकार गरिन । मेलिनियाले फेब्रुवरीमा डेलीमेल विरुद्ध मुद्धा दायर गरेकी थिइन । मुद्धा दायर गर्दा उनले १५ करोड जरिवानाको माग गरेको भएपनि ३० लाख डलर जरिवानामा मुद्धा मिलाइएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.