अमेरिकाले अफगानिस्तानमा खसाल्यो अहिलेसम्मकै ठूलो बम
काठमाडौंः अमेरिकाले अफगानिस्तानको नागहार प्रान्तमा शक्तिशाली बम खसालेको छ । अघिल्लो साता आइएससँगको लडाइँमा अमेरिकी सैनिकको ज्यान गएपछि अमेरिकाले उक्त क्षेत्रमा बम खसालेको हो ।
अमेरिकी रक्षा मन्त्रालयले जीबियू ४३ नाम दिइएको यो बमलाई ‘मदर अफ अल बम्स्’को खसालेको बताइएको छ । बम आक्रमणपछि क्षतिको विवरण भने अझै आउन सकेको छैन् ।
उक्त बम सन् २००३ मा परीक्षण गरिएको थियो । उक्त स्थान विद्रोही समूह स्लामिक स्टेट आइएसको क्षेत्रमा बम खसालेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।
बीबीसीका अनुसार साे बम परीक्षाण गरिए पनि प्रयोगमा अाएकाे थिएन । बमको तौल ९ हजार ८ सय किलो रहेको छ भने यसको लम्बाई ३० फिट भन्दा धेरै रहेकाे बताइएकाे छ ।