सास्तीमै बित्याे वर्ष

सास्तीमै बित्याे वर्ष

काठमाडौः उपत्यकाबासीले २०७३ लाई ‘सास्तीको वर्ष' को रुपमा लिएका छन् । धुवाँ, धुलो लगायतका प्रदुषण, अस्तव्यस्त ट्राफिक व्यवस्थापनसँगै अन्य कारणबाट ।

खासगरी मेलम्ची खानेपानी आयोजनाले राजधानीमा पानी ल्याउने योजना अनुसार पाईप गाड्न थालेपनि धुलोले काठमाडौं प्रदुषणमय बनेको हो । एकातिर डेटलाईन अनुसार पानी काठमाडौं ल्याईसक्नुपर्ने बाध्यता आयोजालाई भएपनि उसको काम गराईले उपत्यकावासीले धेरै कष्ट व्यहोर्दै आएका छन् । धुलो नियन्त्रण गर्न काठमाडौं महानगरपालिका र सडक विभागले परिमाणमुखी काम नसकेपछि अहिले पनि उपत्यकाको बायुमण्डल धुलोले भरिएको छ ।
महानगर सडक बढार्ने ब्रुमर मेसिन खरिद गर्ने योजना वर्षको अन्तिम महिनामा सार्वजनिक भयो । त्यो पनि कहिले आउने हो ठेगान छैन । सडक विभागले भएका कर्मचारीको पनि सहि सदुपयोग नगर्दा सडकमा यत्रवितत्र धुलो फैलिएका छन् । धुलोले स्वासप्रश्वासमै समस्या भएपछि उपत्यकावासीले काठमाडौंलाई ‘धुलमाण्डौं कोठमाडौं' सम्म उपमा दिए । योजना विना जथाभावी बाटो खनेर समयमा निमार्णसम्पन्न गर्न नसक्दा वायुमण्डलमा अत्यधिक धुलो फैलिएपछि नजिकको दृश्य समेत ठम्याउन हम्महम्मे पर्छ काठमाडौंमा ।

धुलोले सास्ती खेप्दै आएका उपत्यकावासी अव्यवस्थित ट्राफिक व्यवस्थापनबाट पनि उत्तिकै आजित हुनुपर्‍यो । सवारीचालक मुख्य चोकमा कम्तीमा तीन देखि पाँच मिनेट रोकिनुपर्ने र जाममा धुलोको शिकार बन्नुपरेको छ । अझ बातावरण विभाग र दृष्टी काठमाडौं नामक गैरसरकारी संस्थाले गरेको प्रदुषण मापनले त उपत्यकाको हावा २४ घन्टै सास फेर्न अयोग्य भनेको छ ।

सडक विस्तारसँगै उपत्यकाको गन्तब्य सजिलै सर्वसाधरणको पहुँचमा भने पुगेको छ । यसलाई सकारात्मक मान्नुपर्छ। सहरका गल्लीहरु केहि फराकिला भएका छन् असन, ईन्द्रचोक र ललितपुरको मंगलबजार बाहेकका। राजधानीमा गुड्ने थोत्रा गाडी र अस्तव्यस्त सडक नै प्रदुषणका मुख्य कारक बने । खासगरी त्रिपुरेश्वर- नागढुंगा सडक चार लेनको बनाउने भनेर सरकारले चार चरणमा बहुवर्षीय योजना अन्तर्गत एक अर्ब रुपैंया भन्दा बढी रकम बजेट बिनियोजन समेत गरेको थियो । २०७४ भित्र पुरा गरिसक्ने भनिएता पनि अहिले २५ प्रतिशत मात्रै काम सकिएको छ । नागढुंगा देखि त्रिपुरेश्वरसम्म सडक विस्तार भएको छ तर कालोपत्रे नभएका कारण त्यहि सडकमा गाडी गुड्दा धुलोले निसास्सिनुपर्छ यात्रु र अन्य सर्वसाधरण ।

यता रिङरोड विस्तारको पनि उही छ व्यथा । चिनियाँ सरकारले बनाइरहेको कलंकी-कोटेश्वर सडक खण्डको कामले पनि जति गति लिनुपर्ने हो त्यति गति लिएको छ । दाँयाबाँया सडक खनिएर केही स्थानमा मात्रै ग्राभेलिङको काम भएपनि कालोपत्रे नहुँदा अत्यधिक धुलोको सिकारमा छन् उपत्यकाबासी । एउटै सडक ढल निर्माणका लागि भन्दै पटक पटक खनिएकाले पनि सडक निर्माणले गति लिन नसकेको हो ।

महानगरपालिकाले आव २०७३/०७४ मा सात अर्ब ७५ करोड ६२ लाख ७५ हजार रुपैंया बजेट छुट्याएको थियो । यसमध्ये उज्यालो काठमाडौं अन्तर्गत १९ करोड रुपैंया छुट्याईएपनि यो कार्यले पूर्णता पाएको छैन । सोलार प्यानल हाल्ने काम अहिले पनि जारी छ । सडक ढल, सडक विस्तार एवं पूर्वाधार विकासकालागि ८५ करोड रुपैंया छुट्याएको महानगरपालिकाले ढल व्यवस्थापनमा खासै काम गर्न सकेको छैन । त्यस्तै सार्वजनिक शौचालयको लागि चार करोड छुट्याएपनि आम सर्वसाधरणले उपत्यका भित्र सयर गर्दा शौच गर्न धेरै सास्ती खेप्नु परेको छ । भएका २७ वटा शौचालय पर्याप्त छैनन् ।

ट्राफिक प्रहरीले २०७३ मा लेन अनुशासन कारबाहीमा विशेष सक्रियता देखाएपछि दुर्घटना न्युनिकरणमा टेवा पुगेपनि ट्राफिक व्यवस्थापनमा भने खासै प्रगति हुन सकेन । अत्यधिक सवारीसाधन चापको कारण देखाईएपनि ट्राफिक व्यवस्थापनका लागि आवश्यक स्रोत साधन (ट्राफिक लाईट, फ्लाई ओभर ब्रिज, सीसीटीभी) को अभाव पनि उत्तिकै कारक तत्व बनेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.