महिला उम्मेदवार खोज्दै दल

महिला उम्मेदवार खोज्दै दल

हेटौंडाः स्थानीय तह निर्वाचनमा प्रमुख र उपप्रमुखमध्ये एक महिला उम्मेदवार अनिवार्य बनाउनुपर्ने प्रावधानका कारण कतिपय राजनीतिक दललाई उपयुक्त महिला उम्मेदवार खोज्न मुश्लिक परेको छ । धेरैजसो महिला उम्मेदवारको चर्चा उपप्रमुखमा मात्रै छ ।

स्थानीय निर्वाचनमा मकवानपुरका आठवटा गाउँपालिका, एक नगरपालिका र एक उपमहानगरपालिकाकामा केही दलले आफ्ना प्रमुख र उपप्रमुखको उम्मेदवारी घोषणा गरिसकेका छन् भने अन्य दलहरूले केही दिनमा नै उम्मेदवार घोषणा गर्ने जनाएका छन् । प्रायः राजनीतिक दलमा हालसम्म महिला उम्मेदवारको चर्चा भने उपमा मात्र सीमित छ ।

नेपाली कांग्रेसभित्र मेयर र गाउँपालिका अध्यक्षमा महिलाको नाम चर्चामा समेत छैन । हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेताहरू आनन्दराम पराजुली, प्रदीप कोइराला, अशोक शाक्य, तारानाथ चौलागार्इंको नाम चर्चामा छ । उपमेयरमा भने प्रसस्तै महिला आकांक्षी देखिएका छन् । नेत्रीहरू लक्ष्मी श्रेष्ठ, इन्दिरा न्यौपाने, राधा कोइराला, पवित्रा विश्वकर्मा, लक्ष्मी थिङ, तारा कार्कीलागायतको चर्चा छ ।

थाहा नगरपालिकामा हालसम्म कांग्रेसभित्र महिला आकांक्षी देखिएका छैनन् । थाहाको मेयरमा खड्क गोपाली, भरत लामा, ईश्वरनाथ पौडेल, योगेन्द्रमान श्रेष्ठले दाबी गरेको कांग्रेस मकवानपुरले जनाएको छ ।

मकवानपुरका आठवटा गाउँपालिका, एक नगरपालिका र एक उपमहानगरपालिकाकामा केही दलले आफ्ना प्रमुख र उपप्रमुखको उम्मेदवारी घोषणा गरिसकेका छन् भने बाँकी दलहरूले केही दिनमा नै घोषणा गर्ने जनाएका छन् । प्रायः राजनीतिक दलमा हालसम्म महिला उम्मेदवारको चर्चा भने उपमा मात्र सीमित छ ।

आठ गाउँपालिकाको अध्यक्षमा दाबी गर्नेमा सबै पुरुष रहेका कांग्रेस मकवानपुरका प्रवक्ता प्रदीप कोइरालाले बताए । ‘अध्यक्षमा पुरुषकै चर्चा छ, उपाध्यक्षमा ककसलाई उठाउने भन्नेबारे तयारी भइरहेको छ', उहाँले भन्नुभयो । ६ गतेभित्र नगर र गाउँपालिकका उम्मेदवार टुंगो लगाएर केन्द्रमा पठाइने कोइरालाले जानकारी दिनुभयो ।

२०७० सालको निर्वाचनमा मकवानपुरका तीनवटा निर्वाचन क्षेत्रमा जित हात पारेको एमालेभित्र भने मेयरमा महिलाको पनि चर्चा छ । हेटौंडा उपमहानगरपालिकाको मेयरमा एमाले जिल्ला अध्यक्ष मुनु सिग्देलसँगै नेताहरू हरिबहादुर महत, गोपाल श्रेष्ठ, श्रीधर पोखर, एकलाल श्रेष्ठलगायतको चर्चा छ भने उपमेयरमा फुर्वा लामा, मीना लामालगायतको चर्चा छ ।

थाहा नगरपालिकासहित आठै गाउँपालिकामा पनि अध्यक्षका आकांक्षी पुरुष मात्रै रहेको एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले बताउनुभयो । ‘अरू पार्टीमाजस्तो महिला उम्मेदवार खोज्दै हिँड्नुपर्ने अवस्था नै त छैन', उनले भनिन्, ‘तर प्रायः गाउँपालिकाको अध्यक्ष दाबी गर्नेहरूमा पुरुष नै हुनुहुन्छ ।' वैशाख ६ गतेभित्र सबै उम्मेदवार टुंगो लगाएर प्रदेशमा सिफारिस गरिने सिग्देलले जानकारी दिनुभयो ।

 

सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रभित्र पनि मेयर र अध्यक्षमा महिलाको चर्चा छैन । माओवादीले हेटौंडा उपमहानगरपालिकाको मेयरमा बलराम बल र उपमेयरमा कमला पौडेललाई उम्मेदवार बनाएको छ । अन्य नगर र गाउँहरूमा भने उम्मेदवार टुंगो लगाउने क्रममा रहेको माओवादी केन्द्र मकवानपुरका सञ्चार विभाग प्रमुख कमानसिं पाख्रिनले बताउनुभयो ।

राप्रपाभित्र प्रमुख पदमा महिलाको चर्चा छैन । हेटौंडा उपमहानगरपालिकाको मेयरमा मधु अधिकारी, दीपक सिंह र गणेश थापाको चर्चा छ । उपमेयरमा महिला उम्मेदवारको खोजी भइरहेको राप्रपाले जनाएको छ । अन्य नगर र गाउँपालिकाहरूमा पनि नेतृत्वमा महिलाको दाबी नरहेको राप्रपा जिल्ला अध्यक्ष रामहरि न्यौपानेले बताउनुभयो ।

नयाँ शक्ति पार्टीभित्र पनि मेयर र अध्यक्षमा सबै पुरुष आकांक्षी देखिएका छन् । हेटौंडा उपमहानगरपालिकाको मेयरमा राजेन्द्र सिम्खडा, राजन मैलानी र सुरेन्द्र भट्टराईको चर्चा छ । नेकपा मालेले जिल्ला सचिव भीमसेन महतलाई मेयरको उम्मेदवार बनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.