प्रमुखभन्दा उपप्रमुखमा महिला आकांक्षी बढी

प्रमुखभन्दा उपप्रमुखमा महिला आकांक्षी बढी

सन्धिखर्कः जिल्लामा चुनावी माहोल तात्दै जाँदा सम्भावित उम्मेदवारको चर्चा सुरु भएको छ । अर्घाखाँचीका तीन गाउँपालिका र तीन नगरपालिकामा मुख्यतः कांग्रेस एमालेकै प्रतिस्पर्धा हुनेछ । कुनैकुनै ठाउँमा नेकपा माओवादी केन्द्र बलियो छ ।

अहिलेको स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुख पदमध्ये एकजना महिला अनिवार्य उठाउनुपर्ने भएपछि महिला उम्मेदवार बनाउन पार्टीमा लबिङ सुरु भएको छ । गाउँपालिका र नगरपालिकाको प्रमुखभन्दा पनि उपप्रमुखमा महिला बढी आकांक्षी देखिएका छन् । स्थानीय निर्वाचनका लागि दलबाट टिकट पाउन नेताहरू दौडधुपमा छन् ।

अर्घाखाँचीमा जनसंख्याको हिसाबले सन्धिखर्क ठूलो नगरपालिका हो । यो नगरपालिकामा कांग्रेसका तर्फबाट मेयरमा कमलप्रसाद भुसाल, हरिबहादुर खड्का, नामलाल श्रेष्ठ, रिसब अधिकारीको नाम चर्चामा छ । उपमेयरमा राधा आचार्य, शान्ता भण्डारी, कमला आचार्य, लक्ष्मी श्रेष्ठ र सीता भुसाल सबै महिलाको नाम चर्चामा छ ।
एमालेबाट मेयरमा कृष्णप्रसाद श्रेष्ठ, खुबीराम आचार्य, सिद्धिप्रसाद भुसाल, भरत पौडेल, शम्भु पोख्रेल र श्रीकृष्ण भुसालको नाम चर्चामा छ । उपमेरमा ईश्वरा पोख्रेल, बिजुला रायमाझी, मि श्रा आचार्य र सुशीला गैरेको नाम चर्चामा छ ।

नेकपा माओवादी केन्द्रबाट ठाकुर विक, रामबहादुर रायमाझी र केबी भुसाल उम्मेदवार हुने चर्चा छ । उपमेयरमा महिलाहरू कमला भुसाल, राधा नेपाली र इन्दिरा हमालको नाम चर्चामा छ । राष्ट्रिय जनमोर्चाले मेयर र उपमेयरका लागि कल्पना पोख्रेल र पशुपति ढकाललाई उम्मेदवार तोकेको छ । २०७० सालको परिणामअनुसार सन्धिखर्क नगरपालिकामा कांग्रेसका मतदाता बढी छन् । कांग्रेस, एमाले र माओवादी छुट्टाछुट्टै लडेमा कांग्रेसको जित हुने सम्भावना छ तर यी तीनबीचमा कांग्रेस र माओवादी वा एमाले र माओवादीको तालमेल हुनसक्ने चर्चा चलेको छ ।

जिल्लाको अर्को शीतगंगा नगरपालिका हो । यहाँ कांग्रेसका तर्फबाट सूर्य अधिकारी, छविलाल पौडेल र माधव पौडेले मुख्य दाबेदारका रूपमा देखा पर्नुभएको छ । उपमेयरका लागि माया अर्याल, मीना पाण्डे, मेनुका भटराई र पवित्रादेवी बेलवासेको नाम चर्चामा छ । त्यस्तै वसन्त श्रेष्ठ र पीताम्बर सारु चाहिँ एमालेको तर्फबाट मेयर उम्मेदवारको रूपमा देखापर्नु भएको छ । उपमेयरमा गीता भाटको नाम चर्चामा छ । माओवादीबाट ओपी पाण्डे, टीका रेस्मी र रीता खड्काको नाम चर्चामा छ ।अघिल्ला निर्वाचनको मत परिमाण हेर्दा शीतगंगा नगरपालिकामा कांग्रेस बलियो छ । यो नगरपालिकामा कांग्रेस र एमालेकै प्रतिस्पर्धा हुनेछ ।

 

जिल्लाको अर्को नगरपालिका भूमिकास्थान हो । यहाँ कांग्रेसबाट प्रेम बेलवासे चिरञ्जीवी पौडेल, षडानन्द बेलबासे र धनीश्वर खनालको नाम चर्चामा छ । उपको लागि संगीता बेलबासे, चन्द्रा गैरे, सकुन्तला खत्री, रेमकला खत्री र वसन्ता पौडेलको नाम चर्चामा छ । एमालेबाट पीताम्बर भुसाल, प्रेम गैरे र मणि पौडेलको नाम चर्चामा छ । उपको लागि पवित्रा पौडेल, सुनिता बेलवासे र पुष्पा भाटको चर्चा छ । माओवादीबाट छमकुमारी खनाल, रेशम थापा र बालकृष्ण बन्जाडेको चर्चा गरिँदैछ । त्यस्तै राष्ट्रिय जनमोर्चाले मेयरमा कविराम खनाल र उपमेयरमा शकुन्तला रानालाई उम्मेदवार बनाएको छ । अघिल्ला निर्वाचनको मतअनुसार यो नगरपालिकामा एमाले बलियो शक्ति मानिन्छ । तर एमाले, कांग्रेस, माओवादी र राष्ट्रिय जनमोचा चार पार्टीकै प्रतिस्प्रधा हुनेछ ।

पाणिनि गाउँपालिका प्रमुखमा कांग्रेसबाट इन्द्रमणि पौडेल, अच्युत गौतम, श्यामनाथ कास्यप, यादव घिमिरे र रामप्रसाद घिमिरे आकांक्षी छन् । उपप्रमुखका लागि अम्विका पोख्रेल, गीता घिमिरे र पार्वता घिमिरेको चर्चा छ । एमालेबाट रामजी घिमिरे र जीवनारायण कोइरालाको नाम चर्चामा छ । उपको लागि लक्ष्मी गौतमको नाम चलेको छ । छत्रदेव गाउँपालिकाको प्रमुखका लागि कांग्रेसबाट मात्र १२ जना आकांक्षी देखिएका छन् । उनीहरूले गाउँपालिकाको कांग्रेस बैठकमा उम्मेदवारी दाबी गरेका छन् जसमा युवाको संख्या बढी छ ।

एमालेबाट प्रमुखमा ऋषिराम अधिकारी, ध्रुव पाण्डेलगायतका नेताको नाम चर्चामा छ । उपप्रमुखका लागि विष्णुमाया उपेक्षितको नाम चर्चामा छ । मालारानी गाउँपालिकामा कांग्रेसबाट प्रमुखमा कृष्ण खनाल र निर्मला क्षेत्रीको नाम चर्चामा छ । उपप्रमुखमा शान्ता खनाल, कमला भुसाल, दीपा रेग्मी र चुमकला विकको नाम चर्चामा छ ।

एमालेबाट प्रमुखमा पीताम्बर भुसाल, दलबहादुर भट्टराई, बालकृष्ण आचार्य र रामबहादुर चौहानको नाम चर्चामा छ । उपप्रमुखका लागि प्रमिला क्षेत्री, पुतला खनाल र दीपा पोख्रेलको नाम र्चामा छ । माओवादीवाट पदम क्षेत्री र मानबहादुर पाण्डेको नाम चर्चामा छ । दुई नगरपालिकामा कांग्रेसलाई बलियो मानिएको भए पनि २०७० सालको निर्वाचनमा माओवादी र एमालेका उम्मेदवार विजयी भएका थिए । माओवादीका टोपबहादुर रायमाझी र एमालेका दुमनसिंह थापा विजयी भएका हुन् । अर्घाखाँचीमा एक लाख ३२ हजार चार सय २१ मतदाता छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.