सल्लाहकार परिषद्मा अधिकारी नियुक्त

सल्लाहकार परिषद्मा अधिकारी नियुक्त

काठमाडौंः नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद्को पाँचौं पूर्ण बैठकले रिक्त पदमा मनोनयन गरेको छ । बैठकले केन्द्रीय सल्लाहकार परिषद्को उपाध्यक्षमा खगराज अधिकारी र सचिवमा राजेन्द्र गौतमलाई सर्वसम्मतिले मनोनयन गरेको हो ।

बैठकले मुलुकको समसामयिक परिस्थितिको ठोस विश्लेषण गर्दै पार्टीले अगाडि सार्नुपर्ने प्रमुख कार्यभारका बारेमा, स्थानीय निर्वाचन र त्यसको व्यवस्थापनका सम्बन्धमा र पार्टीले निकाल्ने केन्द्रीय घोषणापत्रमा समावेश गर्नुपर्ने विषयमा सुझाव दिने निर्णय भएको परिषद्का अध्यक्ष केशवप्रसाद बडालले बताउनुभयो ।

स्थानीय तहहरु (गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका) ले अनिवार्य आ–आफ्ना स्थानीय घोषणापत्र (प्रतिबद्धता) जारी गर्दै पार्टीलाई आन्तरिक रुपमा सुदृढ र एकतावद्ध बनाएर निर्वाचनमा जाने, स्थानीय तहको निर्वाचनमा पार्टीलाई पहिलो पार्टीका रुपमा स्थापित गर्ने भूमिका खेल्ने बैठकले निर्णय गरेको बडालले बताउनुभयो ।

परिषद्का अध्यक्ष एवम् स्थायी समितिका सदस्य केशवप्रसाद बडालको अध्यक्षता एवम् पार्टी कार्य वाहक अध्यक्ष ड वामदेव गौतमको प्रमुख आतिथ्यमा बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा बैठक बसेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.