दयाहाङ र प्रियंका नम्बर वान

दयाहाङ र प्रियंका नम्बर वान

नम्बर वान नायकनायिकाको प्रतिस्पर्धा निकै रोमाञ्चक हुने गर्छ । वर्ष २०७३ मा यो प्रतिस्पर्धामा धेरै सहभागी भए । अभिनीत चलचित्रको संख्या, सफलता, व्यस्तता र कलाकारको क्रेजका दृष्टिले यो वर्ष दयाहाङ राई र प्रियंका कार्की निःसन्देश नम्बर वान नायकनायिका साबित भए । वर्षको सुरुआततिर उनीबीच ‘अफेयर' भएको चर्चा पनि चल्यो । कतिपय समारोहमा देखिएको उनीहरूबीचको आत्मीयता धेरैका लागि चासोको विषय बनेको थियो । तर, यो चर्चा वर्षान्तसम्ममा साम्य भइसकेको छ ।

समकक्षीहरूलाई धेरै पछाडि छाडेका दयाहाङ अभिनीत हाउ फन्नी, वीरविक्रम, झुम्की, सेतो सूर्य, पुरानो ढुंगा, लुट २ र लप्पनछप्पन गरी सातवटा चलचित्र रिलिज भए । लुट २, वीरविक्रमजस्ता चलचित्रले राम्रो व्यवसाय गर्‍यो भने सेतो सूर्यले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विभिन्न अवार्ड हात पार्‍यो । दया अभिनीत अन्य चलचित्रले पनि राम्रै हाइप पायो । वर्षभरि उनी कति व्यस्त रहे भने चाहेर पनि कतिपय राम्रा निर्देशक र ठूलो ब्यानरका चलचित्र छाड्नु पर्‍यो । वर्ष २०७३ दयाहाङका लागि सफलता र व्यस्तताका लागि मानक वर्ष साबित भयो ।

दयाहाङजस्तै अहिले चल्तीमा रहेकी नायिका हुन्, प्रियंका कार्की । आफूभन्दा सिनियर र प्रभावशाली एवं नयाँ आकर्षणका साथ चलचित्र क्षेत्रमा उदाएका नव नायिकाहरूलाई उछिन्दै उनी वर्ष २०७३ मा नम्बर वान बन्न सफल भइन् । यो वर्ष उनी अभिनीत चलचित्र छक्का पन्जाले इतिहासमै सर्वाधिक धेरै व्यवसाय गर्‍यो । रमाइलो पक्ष के छ भने सफल भएका अधिकांश चलचित्रको श्रेय नायकले पाउँछन् तर छक्का पन्जा सफल हुनुमा दर्शकले प्रियंकालाई पनि प्रमुख हकदार माने । नेपाली चलचित्रले प्रदर्शनको सुखद सय दिन नमनाएको वर्षौंपछि यस वर्ष त्यो अवसर छक्का पन्जाले पायो ।

देशका विभिन्न २१ हलमा ५१ दिन मनायो । नेपालभित्र १६ करोड र विदेशको समेत गर्दा २५ करोड रुपैयाँभन्दा बढीको व्यवसाय गर्‍यो । यस वर्ष रिलिज भएका प्रियंका अभिनीत चलचित्र हाउ फन्नी र पुरानो डुंगाले अपेक्षाकृत व्यवसाय नगरे पनि चर्चा भने सफल चलचित्रकै दाँजोमा पायो । हाउ फन्नीमा समेटिएको शिरैमा शिरबन्दी र पुरानो डुंगामा समेटिएको कहिले रिसाउनी निर बोलको गीतलाई श्रोतादर्शकले रुचाए, युट्युबमा धेरै हेरिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.