नयाँ वर्षमा मुसहर समुदायलाई धुर्मुस–सुन्तलीले दिए घर उपहार (फाेटाेफिचर)

नयाँ वर्षमा मुसहर समुदायलाई धुर्मुस–सुन्तलीले दिए घर उपहार (फाेटाेफिचर)

बर्दिबासः महोत्तरीको बर्दिबासमा मुसहर समुदायका लागि निर्माण गरेको ‘एकीकृत नमुना बस्ती’ हस्तान्तरण गरिएको छ। हास्य कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेको धुर्मस–सन्तली फाउन्डेसनले ५० घर घुरीका मुसहर समुदायका लागि निर्माण गरेको 'एकीकृत नमुना बस्ती'को शुक्रबार विशेष कार्यक्रमकाबीच हस्तान्तरण गरिएको हो।

‘एकीकृत बस्ती’ शुक्रबार बिहान आयोजित कार्यक्रममा महजोडी मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले एकीकृत नमुना मुसहर बस्ती व्यवस्थापन समितिका अध्यक्ष बिल्टु सादा मुसहरलाई बस्तीको साँचो हस्तान्तरण गर्नु भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै कलाकार मदनकृष्ण श्रेष्ठले धुर्मुस–सुन्तलीले तीनवटा बस्ती निर्माण गरेर उदाहरणीय काम गरेको बताउनुभयो।

basti-2

 

कलाकार हरिबंश आचार्यले राष्ट्र निर्माण अभियानमा हास्यकला क्षेत्रकै धुर्मुस–सुन्तलीले ‘आँटे सकिन्छ’ भन्ने उदाहरण दिएको बताउनुभयो। कार्यक्रममा बस्तीभित्र निर्मित भ्यू–टावर र मुसहरका कूलदेवता भूइँयाँमहाराज तथा दिनाभद्रीको मन्दिर एवम् बाल उद्यान नेपाल सरकारका मुख्य सचिव डा. सोमलाल सुवेदी र धुर्मुस–सुन्तलीका मातापिताले संयुक्तरुपमा मुसहर समुदायलाई हस्तान्तरण गर्नु भएको थियो।

basti-3

५० घरधुरी मुसहरका लागि खानेपानीको धारा, शौचालय र सडक सुविधासहितको दुईतले पाँचकोठा भएको पक्की घर, भ्यू–टावर, बाल उद्यान, मन्दिर, पक्की सडक, सार्वजनिक शौचालय, सामुदायिक भवन र बस्तीका चारैतिर पर्खाल निर्माण गरिएको छ।

एकीकृत नमुना मुसहर बस्ती निर्माणका लागि देश विदेशबाट ६ करोड ३६ लाख ३९ हजार रुपैयाँ सहयोग धुर्मुस–सुन्तली फाउन्डेशनलाई आएको फाउन्डेसनका परियोजना प्रबन्धक अर्जुन न्यौपानेले जानकारी दिनुभयो। उहाँका एकीकृत बस्ती निर्माणमा पाँच करोड चार लाख रुपैयाँ खर्च भएको छ।

तस्बिरहरु: सराेज बैजु/अन्नपूर्ण

basti-4

बस्ती हस्तान्तरण कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव सोमलाल सुवेदी, महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, कलाकार बसुन्धरा भुसाल, नायक शिव श्रेष्ठ लगायत उपस्थित हुनुहुन्थ्यो।

basti-5basti-6


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.