अमेरिकासँग विवाद बल्झन सक्छ : चीन

अमेरिकासँग विवाद बल्झन सक्छ : चीन

एजेन्सी : पछिल्लो समय उत्तर कोरियाको मुद्धालाई लिएर अ‍ेमेरिका र चीन बीच मतभेद बढिरहेको छ । यस विषयमा जुनसुकै बेला दुई राष्ट्र बीच विवाद बल्झन सक्ने संकेत चीनले दिएको छ। साथै यो युद्धबाट जीत कसैको नहुने र कसैलाई कुनैउपलब्धि नहुने निकर्ष समेत चीनले निकालेको छ ।

सञ्चार माध्यामा आएका जानकारी अनुसार अमेरिकाले उत्तर कोरियामाथि आक्रमण गर्ने सम्भावनालाई ध्यान दिदै चीनले सतर्कता समेत अपनाइरहेको छ । अमेरिकाले सिरियामामाथि आक्रमण गर्ने वित्तिकै उत्तर कोरियामाथि पनि आक्रमण गर्नसक्ने सम्भावनाप्रति चीन सचेत भएको बताइएको छ ।

 

चीनले उत्तर कोरियाको सीमा क्षेत्रमा  मेडिकल टोलीसहित ठूलो सङ्ख्यामा जनमुक्ति सेना तैनाथ गरेको छ । अमेरिकाले आक्रमण गरिहालेका खण्डमा उत्तर कोरियाली सेना र जनताको सहायताका लागि चीनले गरेको पूर्व तयारीका रुपमा यसलाई हेरिएको छ ।

अमेरिका निरन्त उत्तर कोरियामा माथि आक्रमण गर्ने माहौलको खोजी गरिरहेको देखिन्छ । उत्तर कोरिया अमेरिकाको सबै चेतावनीलाई वेवास्ता गर्दै अमेरिकाले आक्रमण गरेको खण्डमा प्रतिकार गर्न तयार रहेको अभिव्यक्ति दिइरहेको छ । नयाँ यी परिदृश्यले कोरियाली प्रायद्वीपमा युद्धको खतरा बढिरहेकोतर्फ संकेत गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.