संरक्षणको अभावमा यो प्रसिद्ध गुफा

संरक्षणको अभावमा यो प्रसिद्ध गुफा

राजविराज : हलेसीको झै महत्व रहेको सप्तरीको खोतरदेवी गुफामा नयाँ वर्षको दिन शुक्रबार पूजापाठ गर्नेको घुइँचो लागेको छ । कञ्चनरुप-११ स्थित प्रसिद्ध खोतरदेवीको दर्शन गर्न र मेला भर्न सप्तरी, सिरहा, सुनसरी, उदयपुर जिल्लाबाट हजारौंको संख्यामा भक्तजनहरु आएका छन् । नयाँ वर्षको दिन पूजा गर्ने श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गरेको गुफामा तीन सय बली चढेको पुजारी हर्खु धामीले बताए । दह अगाडि रहेको भिमसेनस्थानमा बोका, पाठी, परेवा, हाँस र कुखुराको बली दिने गरिन्छ ।

गुफानजिक कहिले नसुक्ने अजम्बरी दह रहेको छ । दहमा नुहाउने र लुगा चढाउनाले निसन्तानलाई सन्तान प्राप्त हुने कथन रहेको स्थानीय टेककुमारी रेग्मीले बताउनुभयो । भण्टा, बिरालो भाकल गरी चढाउनाले शरीरको खटिरा निको हुने र मनले चिताएको पुरा हुने स्थानीय अर्जुन पोखरेलले बताउनु भयो।

धार्मिक विश्वासअनुसार भगवान महादेवले तपस्या गरेको सो स्थानमा भष्मासुर राक्षसले कठोर तपस्या गरी उनले जस्को तालुमा हात राख्यो सो व्यक्ति भष्म हुने बरदान पाएका थिए । महादेवकै शीरमा हात राखेर परीक्षण गर्न खोजेपछि खोतरदेवीको जंगल छेड्दै उदयपुरको छितलाङ्ग हुँदै खोटाङ्गको हलेसीको गुफामा महादेव लुकेर बसेको धार्मिक कथा छ ।

महादेव लुकेको हलेसीको गुफा समेत पत्ता लगाई पुगेका भष्मासुरबाट महादेवको ज्यान जोगाउन विष्णुले अप्सराको मोहिनी रुप धारण गरी भष्मासुरको अगाडि नाच्न थालेपछि आफ्नै तालुमा हात परेर भष्म भएको पौराणिक कथामा उल्लेखित छ । हलेसीको जत्तिकै महत्व रहेपनि प्रसिद्ध खोतरदेवी गुफाको संरक्षण र सम्बद्र्धनको अभावमा अलपत्र परेको पुजारी धामीले गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.