सुरु भयो थोले देम्बा महोत्सव (फाेटाेफिचर)

सुरु भयो थोले देम्बा महोत्सव (फाेटाेफिचर)

ओखलढुंगाः ओखलढुंगाको खिजीदेम्वा गाउँपालिका–८ मा प्रथम थोले देम्बा महोत्सव शुरु भएको छ। नेपालमै पहिलो पटक उच्चस्थान थोले देम्वाडाँडामा आयोजित महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नु भएको हो। महोत्सव मावन बस्तीविहीन समुद्री सतहदेखि तीन हजार एक सय ५० मिटर अग्लो स्थानमा आयोजना गरिएको छ।

thole-2

 

शेर्पा, तामाङ, सुनुवार, क्षेत्री,ब्राह्मण जातिले आ–आफ्ना जातीय संस्कृति झल्कने परम्परागत नृत्य र लामाहरुले याक नचाएर राष्ट्रपति र अन्य अतिथिलाई सम्मान गरेका थिए। आन्तरिक पर्यटन विकास गर्ने लक्ष्यले आयोजना गरेको थोले देम्बा महोत्वस वैशाख ३ गतेसम्म चल्नेछ। ओखलढुुंगाकै इतिहासमा पहिलो पटक आयोजना गरिएको यो पर्यटन महोत्सवमा दुुई लाख बढी आन्तरिक तथा बाह्य पर्यटकको उपस्थिति रहेको छ।

thole-3

काठमाडौं, धरान, रामेछाप, सोलुखुम्बु, उदयपुर र सिन्दुलीदेखि समेत महोत्सवमा पर्यटकहरुको सहभागिता रहेको आयोजकले जनाएको छ। थोले देम्वाडाँडामा ओखलढुंगाको रावादोलु, मुसिङ, काति, चर्नालु, चण्डेश्वरी, रगनी, फलाटे, हात्तिवसे, सिरेचौर, पात्ले, छेर्वादिङ गाउँको शिरमा रहेको छ।

thole-4

महोत्सव सफल बनाउन आयोजकले २६ लाख रुपैयाँ लागतमा विद्युत र खानेपानी थोले देम्वा डाँडामा पुर्‍याएर महोत्सव आयोजना गरेको हो। महोत्सवमा प्याराग्लाइडिङसहित आकर्षक खेल, संस्कृतिक कार्यक्रमहरुको पनि राखिएको छ। देशकै उच्च सात डाँडामध्ये थोले देम्वा डाँडा पनि एक हो। राजधानीदेखि दुई सय १५ किलोमिटर टाढा पर्ने यो डाँडाबाट सगरमाथा, गौरीशंकर, ल्होत्से, मकालु, कञ्चनजंघा लगायतका हिमालहरु नजिकबाट देख्न सकिन्छ।

thole-5Thole-6thole-7thole-8thole-9


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.