फर्केर हेर्दा २०७३ःपुँजीगत शीर्षक खर्चमा सुधार भएन

फर्केर हेर्दा २०७३ःपुँजीगत शीर्षक खर्चमा सुधार भएन

काठमाडौः भूकम्प र लगत्तै भारतीय नाकाबन्दीको पीडाबाट मुक्ति मिलेका बेला आर्थिक वर्ष सुरु हुनु डेढ महिनाअघि नै बजेट पेस हुँदा कार्यान्वयन प्रभावकारी हुने अपेक्षा थियो । बजेटको आकार ठूलो हुँदा स्वाभाविक रूपमा पुँजीगत शीर्षकमा विनियोजन बढेको हो ।

‘सुरुवात आसलाग्दो थियो', अर्थविद् रामेश्वर खनाल भन्नुहुन्छ, ‘बजेटलगत्तै सरकार बिदा भए पनि नयाँ सरकारले बजेटको स्वामित्व लिइदियो ।' समष्टिमा लगानीकर्तामा आत्मविश्वासको सञ्चार भयो । आर्थिक वर्षको चार महिना बित्दा केही निराशाजनक दृश्य देखिए । बैंकले अति उत्साहमा लगानीयोग्य रकम रित्तिने गरी लगानी गरिदिएको दृश्यमा आयो, त्यो पनि अनुत्पादक क्षेत्रमा । बजेट चाँडै पेस भए पनि पुँजीगत शीर्षक खर्चमा खासै सुधार भएन ।

२ खर्ब रुपैयाँमा राज्यको ढुकुटीमा थन्किएको थियो । तर, पहिलो चौमासको अन्त्यमा यस्ता निराशासँगै जबर्जस्त आत्मविश्वास पैदा गर्ने संकेत पनि देखियो, लोडसेडिङको अन्त्य । राजधानीमा त तत्कालै लोडसेडिङ अन्त्यको घोषणा पनि भयो । अहिले बाँकी सहरमा पनि लोडसेडिङमुक्त घोषणा गरिएको छ । ‘लोडसेडिङ घट्दा औद्योगिक उत्पादन बढ्यो', खनाल भन्नुहुन्छ, ‘धेरै वर्षको अन्तरालमा औद्योगिक उत्पादन क्षमताको ६५ प्रतिशतमा पुग्यो ।' आर्थिक वर्षको उत्तराद्र्धमा कुल गार्हस्थ उत्पादन (जीडीपी) मा ६.५ प्रतिशतको वृद्धिदर देखियो । बितेको आर्थिक वर्षमा १५ वर्षकै सबैभन्दा थोरै ०.०८ प्रतिशतको वृद्धिदर थियो । मुलुकमा ६ प्रतिशतको वृद्धिदर हासिल नभएको दुई दशकभन्दा बढी बितिसकेको थियो ।

‘६ प्रतिशतको आँकडा नाघ्नु ऐतिहासिक हो', योजना आयोग सदस्य डा. स्वर्णिम वाग्ले भन्नुहुन्छ, ‘७ प्रतिशतमा टच गर्न सके त आत्मविश्वास नै बढाउँछ ।' ७ प्रतिशतको वृद्धिदर हासिल भएपछि त्यसलाई टिकाइराख्न नीति निर्मातामा दबाब पर्छ भन्ने अन्तर्राष्ट्रिय मान्यता छ । दबाबमा काम गरे वृद्धिदर कायम राख्न सकिन्छ । ‘एक दशक ७ प्रतिशत वृद्धिदर हासिल गरे जिडिपीको आकार दोब्बर हुन्छ', उहाँ थप्नुहुन्छ । अर्थविद् खनाल यही वृद्धिदर अर्को वर्ष कायम राख्नु चुनौतीपूर्ण भएको बताउनुहुन्छ । उहाँका अनुसार रियल सेक्टरमा वृद्धिका कारण हासिल भएको वृद्धि होइन । खुद्रा÷थोक मूल्यमा भएको वृद्धि, घर निर्माणमा भएको खर्च, निर्माण क्षेत्रको विस्तार, पर्यटन पूर्वाधारमा भएको लगानी आदि कारणले वृद्धिदर हासिल भयो ।

‘बैंकले गरेको ठूलो लगानी उत्पादक क्षेत्रमा भैदिएको भए वृद्धिदर दिगो हुन्थ्यो', उहाँ थप्नुहुन्छ । ०७३ सालमा मूल्य वृद्धि कम हुनुमा पनि आन्तरिकभन्दा बाह्य कारण थियो । भारतमा केन्द्रीय बैंकका गभर्नर रघुराम राजनले मूल्यवृद्धि नियन्त्रणलाई एजेन्डा बनाएर ब्याजदर घट्न दिनुभएन । ‘भारतमा मूल्यवृद्धि नियन्त्रणको असर यता पर्‍यो । अमौद्रीकरण गरी भारू ५ सय र १ हजार नोट अवैध बनाइएपछि भारतमा माग घट्यो, यसले गर्दा पनि यहाँ मूल्यवृद्धि कम भयो', खनाल भन्छन् । ०७३ मा सरकारले २५ वर्षपछि लगानी सम्मेलन गर्‍यो । जसमा उत्साहजनक १३ अर्ब ५२ करोड डलर लगानीको प्रतिबद्धता आएको छ । लगानीमैत्री हुने नीति बनाउने र ऐन परिमार्जनलगायत काम पनि ०७३ मै भयो ।

खनाल दशकौंपछि अर्थतन्त्र सम्बद्ध ऐन÷कानुनमा प्रगति भएको बताउँछन् । वैदेशिक लगानी नीति, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, विशेष आर्थिक क्षेत्र ऐन, औद्योगिक व्यवसाय ऐन आदि कानुन बनेका थिए । बितेको वर्षमा होटेल÷रिसोर्टमा ठूलो लगानी भयो । स्थानीयका साथै गैरआवासीय नेपाली लगानीकर्ताको आकर्षण पर्यटन क्षेत्रमा देखियो । काठमाडौंमा त मेरियट, हिल्टनलगायत अन्तर्राष्ट्रिय होटेल चेनको व्यवस्थापन हुने गरी होटेल परियोजना सुरु भए । मोफसलका सहरमा पनि बग्रेल्ती तारे होटेल सञ्चालन÷निर्माण सुरुभए । हुँदा-हुँदा ग्रामीण भेगमा पनि सुविधासम्पन्न रिसोर्ट खुल्ने क्रममा छन् ।

‘पूर्वाधार निर्माण भए जसरी पर्यटन व्यवसाय चम्किए, आउने वर्ष यो वर्षको वृद्धिदर कायम राख्न चुनौतीपूर्ण हँदैन', खनाल भन्नुहुन्छ । वाग्लेका अनुसार आगामी वर्ष मिलेनियम च्यालेन्ज कर्पोरेसनमार्फत नेपालको १० करोड म्याचिङ फन्डमा अमेरिकाले ४० करोड डलर ट्रान्समिसन लाइनमा खर्च गर्दै छ । यसले निर्माणाधीन जलविद्युत् परियोजनाको ऊर्जा वितरणमा त सघाउने छ नै, थप लगानी आकर्षित गर्नेछ । फास्टट्र्याक पनि आउने वर्ष काम सुरु हुने निश्चितझैं छ । ०४६ सालमा प्रजातन्त्र आउँदा ५ लाख हेक्टर जग्गामा सिँचाइ सुविधा पुगेको थियो, अहिले १४ लाख हेक्टरमा पुगेको छ । अब सिँचाइ सुविधा पुग्न खेतीयोग्य जमिन ४ लाख हेक्टर मात्र बाँकी छ ।

निर्माणाधीन परियोजना सम्पन्न हुँदा २ लाख सिञ्चित क्षेत्र बढ्नेछ । अब सिञ्चित क्षेत्रमा उत्पादकत्व बढाउने, विविधिकरण गर्ने, बहुमूल्य उत्पादन गर्नेलगायत कार्यक्रम आक्रामक रूपमा अघि बढाउँदा प्रतिफल हात लाग्नेछ । पहाडलाई खोपेर विभिन्न टनेल मार्ग निकाल्ने बहस सुरु भएको छ । नाकाबन्दीको पीडामा भारतसँग निर्भरता घटाउन चीनसँग व्यापार बढाउने भनिए पनि कुरै मात्र भएको खनालको भनाइ छ । पारवहन, बिपा, दोहोरो कर उन्मुिक्तलगायत सन्धि गर्ने कुरै मात्र गरियो,' उहाँ भन्नुहुन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.