माथिल्लो तामाकोसी आयोजना अन्तिम चरणमा

माथिल्लो तामाकोसी आयोजना अन्तिम चरणमा

दोलखाः राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजनाको निर्माण सम्पन्न हुन अब १३ प्रतिशत मात्र बाँकी छ ।

दोलखाको बिगु गाउँपालिका वडा नम्बर १ लामाबगरमा निर्माण भइरहेको सो आयोजनाको निर्माण अन्तिम चरणमा पुगेसँगै स्थानीय खुसी भएका छन् । ठुल्ठूला चट्टान फोडेर बनाइएको सडक र नेपालमै पहिलो पटक सुरुङमार्गमार्फत सडक सञ्चालन गरी आयोजनाको काम तीव्र गतिमा बढिरहेको छ । विनाशकारी भूकम्पले आयोजना निर्माणमा एक वर्ष ढिलाइ भएको छ ।

चार सय ५६ मेगावाट विद्युत् क्षमता भएको सो आयोजनाको निर्माणसँगै जिल्लाको उत्तरी क्षेत्रमा सडक सञ्जाल जोडिएपछि स्थानीयको जीवनस्तरमा पनि सुधार आएको छ । आयोजना निर्माण नहुँदा चरीकोट आउनजान झन्डै चार दिन लाग्ने गरेको बताउँदै हाल एकै दिनमा आवात्जावत गर्न पाएकोमा आफूहरू निकै खुसी भएको स्थानीय पेम्बा छिरिङ शेर्पा(मिजार साप)को भनाइ छ । उहाँले आफ्नो ठाउँमा यति ठूलो आयोजना बन्छ भन्ने नसोचेको बताउँदै आयोजनाको काम अन्तिम चरणमा पुगेको खबर सुन्दा निकै खुसी लागेको बताउनुभयो ।

त्यस्तै सोही स्थानकी मनमाया तामाङले पनि घर छेउँबाट बग्ने नदीबाट विद्युत् निस्कन लागेकोप्रति खुसी लागेको बताउनुभयो । आयोजना निर्माणले लामाबगर क्षेत्रको मुहार नै परिवर्तन गरेको उहाँले बताउनुभयो । टुकी बत्ती बालेर जीवन निर्वाह गर्दै आएकी मनमायाले आयोजना बनेपछि आफूहरूको घर र सारा देश नै उज्यालो हुने बताउनुभयो । हाल गाउँका अधिकांश व्यक्तिले सो आयोजनामा आफ्नो क्षमताअनुसारको काम गरिरहेका छन् ।

श्रीमान् आयोजनामा काम गर्ने र आफू घरको काम गरेर जीविकोपार्जन गर्दै आएको तामाङको भनाइ छ । आफूहरूले लगाएको खेतीबालीले तीन महिना पनि खान नपुग्ने अवस्थामा गाउँको आयोजनामा काम गर्न लागेपछि दुई छाक खान सहज भएको स्थानीयको भनाइ छ ।

८७ प्रतिशत काम सम्पन्न भइसकेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा हालसम्म ३३ अर्ब ३२ करोड रुपैयाँ लगानी भइसकेको छ ।

आयोजनाको ८७ प्रतिशत काम सम्पन्न भइसकेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिनुभयो । हालसम्म ३३ अर्ब ३२ करोड रुपैयाँ लगानी भइसकेको सो आयोजनाको विनियोजित बजेट ३५ अर्ब २९ करोड रुपैयाँ थियो भने प्रक्षेपित लागत ४१ अर्ब ७२ करोड रुपैयाँ छ । भूकम्प र नाकाबन्दीको कारण २०७२ सालभरि आयोजना निर्माणमा प्रतिकुल असर परेको प्रवक्ता न्यौपानेको भनाइ छ । हालसम्म हेडवक्र्स कंक्रिटको काम ८६.५५ प्रतिशत, मुख्य सुरुङ खन्ने काम ८५.८५ प्रतिशत, टेलरेस सुरुङ खन्ने काम शतप्रतिशत, अडिटलगायत अन्य काम ८५.३५ प्रतिशत, विद्युतगृह र ट्रान्सफर्मर क्याभर्न खन्ने काम शतप्रतिशत र विद्युत्गृह र ट्रान्सफर्मर क्याभर्न कंक्रिटको काम ९४.३५ प्रतिशत सम्पन्न भइसकेको न्यौपानेले बताउनुभयो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.