अप्टिकल फाइबर बिछ्याउन स्मार्ट अयोग्य

अप्टिकल फाइबर बिछ्याउन स्मार्ट अयोग्य

काठमाडौः नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)ले अप्टिकल फाइबरमार्फत सूचना महामार्ग निर्माण गर्न माग गरेको पछिल्लो आवेदनमा स्मार्ट टेलिकम छनोट हुन सकेन । मध्यपहाडी लोकमार्गलाई आधार बनाएर सूचनाको महामार्ग बनाउन प्राधिकरणले मागेको ६ र ७ नम्बर प्रदेशको प्रस्तावमा स्मार्ट टेलिकमको मात्रै आवेदन परेको थियो । तर, यो प्रस्तावमा स्मार्टको एक्लो आवेदन परेको भए पनि यसले आवश्यक मापदण्ड नै पूरा गर्न नसकेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले माग गरेको यसअघिको दुई चरणको प्याकेजमा पहिलोमा नेपाल टेलिकम र दोस्रोमा यूटीएल छनोट भइसकेका छन् । तेस्रो चरणको प्याकेजका लागि स्मार्टबाहेक अरु कम्पनीको आवेदन नपरेको र सो कम्पनीले पनि आवश्यक मापदण्ड पूरा नगरेकोले बिहीबार पुनः प्रस्ताव माग गरेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताउनुभयो । अर्यालका अनुसार मध्यपहाडी लोकमार्गलाई आधार बनाएर सूचना महामार्ग बनाउन यसअघि बिनाप्रतिस्पर्धा १ देखि ३ नम्बर प्रदेशका लागि नेपाल टेलिकमलाई तथा ४ र ५ नम्बर प्रदेशको जिम्मा प्रतिस्पर्धाबाट यूटीएललाई दिइसकिएको छ ।

‘तेस्रो चरणका लागि माग भएको टेन्डरमा स्मार्ट टेलिकमको मात्रै आवेदन परेको थियो । सो कम्पनीले पनि आवश्यक मापदण्ड पूरा नगरेका कारण कम्पनी छनोट हुन सकेन', उहाँले भन्नुभयो । तेस्रो चरणअन्तर्गत ६ र ७ प्रदेशमा अप्टिकल फाइबर पुर्‍याउने उपयुक्त कम्पनीको छनोटका लागि प्राधिकरणले पुनः ३० दिनको समय दिएर प्रस्ताव माग गरेको अर्यालले बताउनुभयो ।

प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम खर्च गरेर ७५ वटै जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्गको पूर्वाधारबाट हरेक सामुदायिक विद्यालय, स्वास्थ्य चौकी र गाउँपालिकासम्म इन्टरनेट पुर्‍याइनेछ ।
ब्रोडब्यान्ड इन्टरनेटको तीन चरणको यो प्याकेजबाट प्राधिकरणले उपयुक्त कम्पनीलाई जिम्मा दिने काम पनि गरिरहेको छ । यसलाई आधार बनाएर प्राधिकरणले पुनः जिल्ला सदरमुकामबाट हरेक विद्यालय, स्वास्थ्य चौकी र गाविसमा दु्रत गतिको इन्टरनेट सेवा पुर्‍याउन प्याकेज अनुसारको कम्पनी छनोट गर्नेछ ।

 

सूचना महामार्गलाई नै आधार बनाएर प्राधिकरणले भूकम्प प्रभावित ११ जिल्लाका गाउँगाउँसम्म ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याउने जिम्मेवारी पनि तोकिसकेको छ । पहिलो चरणमा भएको यो काममा चारवटा जिल्ला नेपाल टेलिकमलाई, सात जिल्ला सुबिसु र मर्कन्टायललाई दिएको छ । सूचना महामार्ग तयार भएपछि सोहीलाई आधार बनाएर जिल्ला सदरमुकाम जोड्ने भएकाले बाँकी ६१ जिल्लाको पनि तीन वा चार जिल्ला गरेर १२÷१५ वटा प्याकेज बन्ने प्राधिकरणले जनाएको छ ।

नेपाल टेलिकमले करिब पाँच अर्ब, यूटीएलले दुई अर्ब रुपैयाँ खर्च गरेर सूचना महामार्गको जिम्मा लिइसकेका छन् । अब करिब पौने चार अर्ब रुपैयाँको सीमाभित्र रहेर तेस्रो प्याकेजको प्रस्ताव माग भएको हो । यसमा जुन कम्पनीले कम मूल्यमा प्रतिस्पर्धा गर्छ उसैले पाउने प्राधिकरणको भनाइ छ ।

कर्णालीलाई इन्टरनेटको विशेष प्याकेज

प्राधिकरणले यसअघि भूकम्प प्रभावित सात जिल्लामा ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याउने जिम्मेवारी दिएसँगै कर्णालीका जिल्लालाई पनि प्राथमिकता राखेर प्याकेज बनाएको छ । प्राधिकरणले कर्णाली जिल्लालाई विशेष प्राथमिकता दिएर प्याकेज बनाइरहेको उल्लेख छ । पहिले मेन लाइनको काम गर्ने जिम्मा तय भएपछि इन्टरनेट सेवा प्रदायको प्रतिस्पर्धाबाट शाखा लाइन बनाउने जिम्मा दिने तयारी भइरहेको छ । यसका लागि ६ र ७ नम्बरमा अप्टिकल फाइबर बिछ्याउने कम्पनी छनोट भए पनि यी जिल्लाका सामुदायिक स्कुल, स्वास्थ्य चौकी र गाउँपालिका जोड्ने कम्पनी तय हुने उल्लेख छ । अहिलेसम्म जिल्लागत भूकम्प प्रभावित ११ जिल्लाको लागि उपयुक्त कम्पनी छनोट भइसकेको छ ।

प्राधिकरणले यसअघि भूकम्प प्रभावित सात जिल्लालाई ४५ करोड रुपैयाँ खर्च गर्ने अधिकार सुबिसु र मर्कन्टायललाई दिइसकेको छ । प्राधिकरणले यी दुई कम्पनीमध्ये सुबिसुलाई दोलखा, रामेछाप, सिन्धुली र ओखलढुंगामा ब्रोडब्यान्ड इन्टरनेट पु‍र्‍याउने जिम्मा दिएको छ । बाँकी तीन जिल्ला गोरखा, धादिङ र मकवानपुरको जिम्मा भने मर्कन्टायललाई दिएको छ । यो कामका लागि सुबिसु केबलनेटले २० करोड ७० लाख ८० हजार रुपैयाँको ठेक्का पाएको छ भने मर्कन्टायलले २३ करोड ५० लाख रुपैयाँ खर्च गर्ने जिम्मा पाएको छ । भूकम्प प्रभावित अन्य चार जिल्लामध्ये रसुवा, नुवाकोट, सिन्धुपाल्चोक र काभ्रेमा ब्रोडब्यान्ड इन्टरनेट पु‍र्‍याउने जिम्मा नेपाल टेलिकमले लिएको छ । बाँकी ६१ जिल्लाको पनि प्राधिकरणले उपयुक्त प्याकेज तयार पार्ने काम गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.