नयाँ वर्षमा भेडेटार खचाखच

नयाँ वर्षमा भेडेटार खचाखच

धनकुटाः नयाँ वर्षको पहिलो दिन शुक्रबार धनकुटासहित छिमेकी जिल्ला तेह्रथुमको प्रमुख पर्यटकीय स्थलहमा आन्तरिक तथा बाह्य पर्यटकको उपस्थिति बाक्लो थियो । ती क्षेत्रका डाँडापाखा वनभोज र घुम्न आएका पर्यटकले होटेल भरिभराउ भएका छन् । दुई दिनयता पूर्वी क्षेत्रकै प्रमुख पर्यटकीयस्थल भेडेटारमा सञ्चालित होटेल भरिभराउ छन् ।

तरार्ईका मुख्य बजार इटहरी, विराटनगर, धरानका साथै भारतको सीमावर्ती बजार जोगमुनि, सिक्किम, दार्जिलिङ, बिहारबाट हजारौं संख्यामा पर्यटक नयाँ वर्ष मनाउन भेडेटार आएका छन् । भेडेटारमा सञ्चालित सानादेखि स्तरीय सबै होटेल दुई दिनयता भरिभराउ रहेको होटेल एसोसिएसन अफ भेडेटारमा सचिव जितेन्द्र रुम्दाली राईले बताउनुभयो । उहाँका अनुसार पर्यटकको बाक्लो उपस्थितिले भेडेटार बजार क्षेत्रमा सवारीसाधन पार्किङमा समस्या परेको थियो । भेडेटार आसपासका शंखेश्वर, पाथिभरा, साँगुरी गढी र वनभोजस्थलमा पर्यटकको भीड देखिएको उहाँले बताउनुभयो ।

त्यस्तै भेडेटार बजारदेखि आधा घन्टाको दूरीमा अवस्थित नमस्ते (सिम्सुवा) झरनाको चिसोपानीमा रमाउनेको भीड अन्य दिनकोभन्दा धेरै थियो । नमस्ते झरना व्यवस्थापन समितिका अध्यक्ष दिलिप सुब्बाका अनुसार शुक्रबार मात्रै २० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आएको हुन सक्ने अनुमान छ । पर्यटकको बाक्लो उपस्थितिले त्यहाँ सञ्चालित सबै होटेलमा कारोबार राम्रो भएको उहाँले बताउनुभयो । गर्मी मौसम सुरु भएसँगै यस क्षेत्रमा दिनहुँ आन्तरिक तथा बाह्य पर्यटकको भीड देखिने गरेको उहाँको भनाइ छ ।

 

यसैगरी मुलघाटस्थित तमोर नदीको बगरमा पनि नयाँ वर्षका अवसरमा वनभोजका लागि आएका समूहको भीड बाक्लै थियो । तमोर नदीको बगरमा चार दर्जनभन्दा बढी वनभोजको समूह लिएर आएका गाडी पार्किङ गरेको देखिएको तमोर रिभर साइड एन्ड रिभर पार्कका सञ्चालक मोहन वान्तवाले बताउनुभयो । त्यस्तै धनकुटा सदरमुकाम क्षेत्रमा रहेको चुलिवन, सल्लेरी वन, हिले बजार, उत्तरपानी, बक्रकुण्ड मन्दिर, पाख्रीवासस्थित कृषि अनुसन्धान केन्द्र, बजार नजिकै रहेको चिया बगानसहितको ताल, राम्चे डाँडा, जोरपाटी, सिँधुवा बजार, कुवापानीस्थित गुराँसे बगैंचालगायत पर्यटकीयस्थल पर्यटकले भरिभराउ रहेको होटल व्यवसायीको भनाइ छ ।

गुराँसको राजधानी तीनजुरेमा विगत वर्षमा चैतको पहिलो हप्तादेखि नै गुराँस फुलेर राताम्मे देखिन्थ्यो । तर यो वर्ष पानीसँगै परेको असिनाले गुराँस फूल्न केही ढिलो भयो । तर अहिले गुराँसको बोटमा फुलेको फुलले तीनजुरे डाँडा राताम्मे छ । तीनजुरे डाँडामा वनभोज र घुम्न आउनेको संख्या विगत वर्षभन्दा बढी देखिएको बसन्तपुर बजारका स्थानीय वासिन्दा छिरिङ शेर्पा बताउनुहुन्छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.