रेसम खेतीमा आकर्षण बढ्दो
बनेपा : काभ्रे जिल्लामा पछिल्लो समय व्यावसायिक रेसमखेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । कृषि विकास मन्त्रालय अन्तर्गतको व्यावसायिक किट निर्देशनालयलेरेसमखेतीलाई आधुनिकीकरण गर्दै लैजाने उद्देश्य अनुरुप सरकारले रेसम कीरा उत्पादन र बजार व्यवस्थापन गर्न थालसँगै किसान रेसमखेतीतर्फ आकर्षित भएका हुन् ।
'सरकारले रेसमखेतीलाई पनि व्यावसायिक गरी किसानको आर्यआर्जन बढाउनेछ', खोपासी रेसमखेती शाखाका वरिष्ठ रेसमखेती विकास अधिकृत गणेशबहादुर ढकाल भन्नुहन्छ, 'रेशमखेती विकासका लागि किसानलाई यस खेतीतर्फ आर्कषण गर्न विभिन्न कार्यक्रम अगाडि सारेका छांै । सरकारले किसानलाई आकर्षित गराउन रेसमकीरा उत्पादन गर्ने, विभिन्न तालिम दिने र उत्पादित धागो र कोकन किनिदिने गरेको छ ।'
व्यावसायिक रूपमा रेसमको धागो कोकन र किट (रेसम कीरा) उत्पादन गरेर बुढाखानीका प्रदीप मगर नौ रोपनी क्षेत्रफल लगाएको ६ हजार किम्वुका बिरुवाबाट वार्षिक चार लाख आम्दानी हुने गरेको बताउनुहुन्छ । यस्तै पुरानो गाउँका उद्धव खरेलले ११ रोपनी क्षेत्रफलमा १० हजार किम्वुको बिरुवा र व्यावसायिक किट उत्पादनबाट वार्षिक ६ लाख आम्दानी गर्नुभएको छ । सुरुसुरुमा धेरै लगानी भए पनि पछिल्लो वर्षमा आम्दानी बढ्दै जान्छ । एक पल्ट लगाएको किम्वुको बिरुवा २० वर्षसम्म प्रयोगमा ल्याउन सकिने भएकाले सुरुका वर्षमा लागत बढे पनि पछिल्लो वर्षमा मुनाफा बढ्दै जान्छ ।
यस्तै मंगलटारकै भीमलाल तामाङ पनि व्यावसायिक रेसमखेती गर्न थाल्नु भएको छ । तीन रोपनी क्षेत्रफलमा उनले चार हजार किम्वुका बिरुवा लगाइसकेका छन् । 'एक चोटी लगानी गरे पुग्ने रहेछ', तामाङले भन्नुभयो, 'जिल्लाका मंगलटार, खोपासी, कोसीपारी लगायतका ठाउँमा किसानले व्यावसायिक रूपमारेसमखेती गरिँदै आएका छन् ।
'रेशमखेतीमा किसानको आर्कषण पछिल्लो समय बढ्दै गइरहेको छ', खोपासी शाखाका रेसम अधिकृत खोपासी जगनाथ न्यौपानेले भन्नुभयो, 'रेशमको धागोको स्वदेशदेखि विदेशसम्म अत्यधिक माग रहेका बताउनुहुन्छ । स्वदेश देखि विदेशसम्म रेसमको धागोको माग धेरै छ । तर, उत्पादन हुन सकेको छैन । नौपानेका अनुसार खोपासी केन्द्रमा वार्षिक चार हजार उत्पादन भएका रेसम कीरा देशका विभिन्न केन्द्रबाट किसानलाई बिक्री हुने गरेको छ ।
खोपासीरेसम शाखाका प्राविधिक साहाक रामशरण हुमगाईले छोटो साययमानै धेरै मुनाफा लिन सकिने भएकाले किसान व्यावसायिक रेसमखेतीतर्फ आकर्षित हँदै गएका बताउनुभयो । रेसमखेती गर्न अर्निवायरूपमा किम्बुखेती गरेकै हुनुपर्दछ । किम्बुको पात खाएपछि मात्रैरेसम कीराले धागो उत्पादन गर्दछ । हाल नेपालमा इतिनोसे, काम्बा २ र मैसुर जातको किम्बुखेतीमा चार सय नौ जना किसानले व्यावसायिकरेसमखेती गरिरहेका छन् ।
विश्वको इतिहासमा रेसमखेती पाँच हजार वर्ष पुरानो भए पनि नेपालमा तीन दशक मात्रै भएको छ । २०३२÷०३३ सालमा पनौतीको खोपासीमा सरकारले पहिलोपटक व्यावसायिक किट् विज्ञान आयोजनाको नामबाट रेसमखेती केन्द्र स्थापना भएको थियो । त्यसबेला त्यहाँबाट रेसमखेतीको काम र मौरीपालनको काम त्यो केन्द्रले अगाडि बढाएको थियो । रेसमकीरा र मौरी एकै स्थानमा नहुने भएकाले २०४३ देखि सालमा केन्द्रले रेसमखेतीको मात्रै काम गर्न थालेको थियो । सरकारले रेसमखेती प्रर्वद्र्धन गर्न धनकुटा, इटहरी, चितवन भण्डारा, स्याङजा, पोखरा, बन्दीपुर, धादिङ, भक्तपुर र काभ्रेमा समेत गरी नौवटा रेसमखेती फार्म स्थापना गरेको छ ।