आठ महिनामै दुई लाख मोटरसाइकल दर्ता

आठ महिनामै दुई लाख मोटरसाइकल दर्ता

अन्नपूर्णः चालू आर्थिक वर्षको आठ महिनामै दुई लाख मोटरसाइकल दर्ता भएका छन् । सहरी क्षेत्रको अस्तव्यस्त सडक र सार्वजनिक सवारीसाधनको सहज पहुँच नहुँदा मोटरसाइकल खरिद गर्नेको संख्या बढ्दो छ । समयमै अफिस पुग्न र उपत्यकाको लामो जामबाट मुक्ति पाउन पनि चार पांग्रे सवारी प्रयोग गर्नेले पनि बाइक प्रयोग गरिरहेका छन् ।

यातायात व्यवस्था विभागका अनुसार फागुन मसान्तसम्म मात्रै एक लाख ९९ हजार नौ सय आठ मोटरसाइकल दर्ता भइसकेका छन् । विभागका अनुसार माघ र फागुन महिनामा मोटरसाइकलको दर्ताका अन्य महिनाको तुलनामा केही कमी आएको थियो । साउनमा २६ हजार आठ सय ८७ मोटर साइकल दर्ता भएका थिए भने फागुन महिनामा १९ हजार आठ सय ७९ थान मोटरसाइकल दर्ता भएको देखिन्छ । गत आर्थिक वर्षमा दुई लाख ६७ हजार चार सय ४२ थान मोटरसाइकल दर्ता भएका थिए ।

 बैंकले अटो लोनमा गरेको कडाइका कारण माघ र फागुन महिनामा सवारी दर्तामा केही कमी आएको हो । फागुन मसान्तसम्म देशभर सबै प्रकारका सवारी गरी दुई लाख ६३ हजार आठ सय १७ थान दर्ता भएको यातायात व्यवस्था विभागको तथ्यांकले देखाउँछ । विभागका अनुसार फागुन मसान्तसम्म तीन हजार नौ सय ६५ थान बस, एक हजार ६ सय ५५ मिनी बस/ट्रक र नौ हजार सात सय ५१ थान क्रेन/डोजर/एस्काभेटर/ट्रक/टिपर दर्ता भइसकेका छन् ।

यसै गरी फागुन मसान्तसम्म १७ हजार एक सय ७१ थान कार/जिप/भ्यान दर्ता भइसकेको छ । यी सवारीसाधनको दर्तामा राष्ट्र बैंकले लागू गरेको अटोलोनका कारण पुस महिनादेखि निरन्तर कमी आइरहेको छ । पुसमा २२ सय ९७ दर्ता थियो भने त्यसपछि माघमा १७ सय ८६ र फागुनमा १३ सय सात मात्रै दर्ता भएका छन् ।

अन्य सवारीसाधनको दर्तामा बैंक लोनले खासै समस्या परेको छैन । राष्ट्र बैंकले सवारी खरिद गर्दा ५० प्रतिशत डाउनपेमेन्ट गर्नै पर्ने गरी ल्याएको नियमका कारण निजी चारपांग्रे सवारीको दर्ताका कमी आएको नेपाल अटोमोबाइल्स एसोसियसन (नाडा) का अध्यक्ष अञ्जन श्रेष्ठ बताउनुहुन्छ ।

 

 

उहाँका अनुसार निजी सवारीसाधनको दर्तामा घटेसँगै राजस्वमा पनि कमी आइसकेको छ । निजी सवारीसाधन खरिद गर्दा लागत मूल्यको सात प्रतिशत सडक सम्भार शुल्क, २४० प्रतिशत भन्सार शुल्कलगायतका विभिन्न शीर्षकमा राज्यले कर लिने गर्छ । यसैगरी आठ हजार एक सय ३३ वटा पिक अप, तीन सय पाँच वटा माइक्रो, ३६ सय ६७ वटा टेम्पो दर्ता भएको विभागको तथ्यांकले देखाउँछ ।  यसैगरी १० हजार तीन सय वटा पावरटेलर ट्र्याक्टर, आठ हजार सात सय ७४ वटा ई-रिक्सा र एक सय ६२ थान अन्य सवारी दर्ता भएको देखिन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.